IME Life

मनिव्याक पोलिसीमा बोनसदरको सुनिश्चिता गर्न युनियन लाइफका अभिकर्ताको माग, प्राधिकरणलाई बुझाए मागपत्र

SPIL
NIC ASIA

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति युनियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरणलाई १० बुँदे माग सहित आफ्ना एजेण्ड प्रस्तुत गरेको छ । संघका पदाधिकारीहरुले प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा गुनासो अधिकृत विरोध भट्टलाई उक्त मागपत्र बुझाएका हुन् ।

अभिकर्ताहरुले २० वर्ष अवधिका वार्षिक मनिव्याक पोलिसीमा कम्तिमा पनि प्रतिहजार ५० रुपैयाँ बोनसदर हुनु पर्ने माग राखेका छन् । उनिहरुले यस अवधिमा जुनसुकै पोलिसीमा प्रतिहजार ५० रुपैयाँ भन्दा माथि बोनसदर कायम गरिनु पर्ने माग प्रस्तुत गरेका हुन् ।

Prabhu
Crest

त्यस्तै बीमितले नियम अनुसार पाउने कर्जा सुविधामा अन्य पोलिसी कर्जा जस्तै वार्षिक मनि व्याक पोलिसीमा पनि बीमितको जम्मा भएको रकमको कम्तिमा ५० प्रतिशत सहज ढङ्गका साथ उपलब्ध गराउनु पर्ने भन्दै माग राखेका छन् ।

पोलिसी कर्जा सुविधा सबै शाखा र प्रदेशबाट सोहि दिनमै बीमितले सहज ढङ्गबाट पाउने गरी व्यवस्था गरिनु पर्ने अभिकर्ताको एजेण्डा रहेको छ । बीमित सँग प्रत्यक्ष सम्बन्ध राख्ने हुनाले जिर्ण अवस्थामा रहेका उप-शाखा तथा शाखाहरुलाई कमसेकम न्युनतम मापदण्ड पालना गरि पुन-स्थापना गर्नु पर्ने उनिहरुले जनाएका छन् ।

उप-शाखा, शाखा, प्रदेश र केन्द्रमा व्यवसायिक बृद्धिका लागि एजेन्सी क्याविनको व्यवस्था गराउनु पर्ने उनिहरुको माग छ । अभिकर्ताहरुले राष्ट्रिय स्तरका हरेक कार्यक्रम जस्तै एमएमसी तथा एमडिआरटी सम्मान कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्स कम्पनीका संचालन समितिका प्रमुखको उपस्थितिमा कार्यक्रमको आयोजना गर्नु पर्ने भन्दै माग प्रस्तुत गरेका छन् ।

उनिहरुले एएमसी कार्यक्रममा पुर्ण रुपमा अभिकर्ता सँग सम्बन्धित भएको हुँनाले केन्द्रिय कमिटी सँग समन्वय गरेर मात्रै निर्धारण गर्नु पर्ने एजेण्डा प्रस्तुत गरेका छन् । शुरुवाति वर्षदेखि कम्पनीले हरेक कार्यक्रममा प्रदान गर्दै आइरहेको मेडल तथा सम्मान पत्रहरु निकै कम गुणस्तरका भएकोले आगामी कार्यक्रमहरुमा विधा अनुसारको फरक फरक र आकर्षक तथा गुणस्तरीय बनाउनु पर्ने माग प्राधिकरणमा पेश गरिएको छ ।

अभिकर्ताहरु कम्पनीको मेरुदण्ड नै भएको हुनाले तिनका हरेक काममा कुनै पनि किसिमको गलत क्रियाकलाप नगर्न/नगराउन लिखित प्रतिवद्धता जाहेर गर्नु पर्ने माग राखिएको छ । कम्पनीका निति नियम र सबै प्रकारका सेवा सुविधालाई पारदर्शिताका साथ चुस्त दुरुस्तका रुपमा लागु गर्ने र गराउनु पर्ने भन्दै १० वटा बुँदाहरु सहितको मागपत्र नेपाल बीमा प्राधिकरण तथा युनियन लइफमा बुझाएका छन् ।

जीवन बीमा कम्पनीहरुले जारी गर्ने मनिव्याक पोलिसीमा एक्चुरियल मूल्याङ्कन पछि निकै कम बोनसदर घोषणा हुने गरेको छ । पहिलो वर्ष बीमा शुल्क भुक्तानी गरे पछि दोस्रो तेस्रो वर्षदेखि नियमित रुपमा निश्चित प्रतिशत रकम फिर्ता पाउने व्यवस्था हुने भएकाले यस्ता पोलिसीमा एकदमै कम बोनसदर हुने गरेको छ । कतिपय कम्पनीहरुले यस्तै पोलिसीमा अत्याधिक मार्किेटिङ गर्दा ति कम्पनीको समग्र बोनसदरमै असर पार्ने गरेको छ । मनिव्याक पोलिसी जोखिम बहनका लागि राम्रो मानिए पनि बचतका हिसावले एकदमै कमजोर पोलिसी मानिन्छ । पोलिसीको परिपक्वता सँगै बीमितले प्राप्त गर्ने प्रतिफल धेरै कम हुने भएकाले अभिकर्ता तथा बीमितले गुनासो गर्दै आइरहेका छन् । यसै सन्दर्भमा अभिकर्ता नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पुगेरै यस्तो मागपत्र प्रस्तुत गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

38%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS