IME Life

सिद्धार्थ इन्स्योरेन्सको मुनाफा ४.४० प्रतिशतले बढ्यो, अझै एक अर्ब ३७ करोडको दाबी भुक्तानी गर्न बाँकी

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको मुनाफा ४.४० प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १४ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १४ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन २४ प्रतिशतले बढेको छ । पुस मसान्तसम्ममा ७५ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ६० करोड ३४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

Prabhu
Crest

खुद दाबी भुक्तानी भने ८.२३ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा ३० करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै एक अर्ब ३७ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ८९ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी थियो । नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानीका लागि कम्पनीहरुलाई निरन्तर दवाव दिदै आए पनि कम्पनीहरुले दाबी भुक्तानीमा उल्लेख्य सुधार गर्न सकेका छैनन् ।

सिद्धार्थको जारी बीमालेख संख्यामा भने उल्लेख्य गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ७३ हजार वटा पोलिसी जारी गरेको छ । गत वर्षको यहि अवधिमा एक लाख तीन हजार वटा पोलिसी जारी भएका थिए । जस मध्ये ३१ हजार ३३१ वटा मात्रै पोलिसी नविकरण भएको कम्पनीले जनाएको छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा २८ करोड १४ लाख रुपैयाँ मात्रै जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जगेडा कोषमा ४० करोड रुपैयाँ थियो । सिद्धार्थले प्रिमियर इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेर छिट्टै एकिकृत कारोबार शुभारम्भ गर्दै छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS