IME Life

पुसमा नयाँ व्यवसायको ३० प्रतिशत रकम सरेण्डर, नेपाल लाइफमा भित्रिने भन्दा बाहिरिने रकम अत्याधिक

SPIL
NIC ASIA

काठमाडौं । पुस महिनामा नेपाल लाइफले ४४ करोड ४२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ४३ करोड ९७ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर गर्नु परेको छ । जुन प्रथम बीमा शुल्क आर्जनको ९८ प्रतिशत हो । यस हिसावले पुस महिनामा नेपाल लाइफ केबल ४४ लाख ९८ हजारले सर प्लस देखिएको छ ।

सरेण्डर योग्य रकममा तुलना गर्ने हो भने नेपाल लाइफले पोलिसी भित्र्याउने भन्दा पनि धेरै गुमाउनु परेको छ । पुस महिनासम्ममा नेपाल लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर तीन करोड ५२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै लघु जीवन बीमा पोलिसी बिक्री गरेर एक लाख ७२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कुल प्रथम बीमा शुल्क आर्जनमा लघु र वैदेशिक रोजगार बीमा पोलिसी घटाउदा वास्तविक बीमा बापतको बीमा शुल्क केवल १ करोड रुपैयाँ हाराहारी हुन्छ । सरेण्डर योग्य रकमको तुलनामा नेपाल लाइफले व्यवसाय भित्र्याउने भन्दा धेरै गुमाइरहेको छ ।

Prabhu
Crest

पुस महिनामा जीवन बीमा कम्पनीले २ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेका छन् । यसै अवधिमा ८७ करोड ४३ लाख रुपैयाँको सरेण्डर गरेका छन् । यो भनेको प्रथम बीमा शुल्क आर्जनको ३० प्रतिशत बराबरको व्यवसाय बाहिरिएको छ । राष्ट्रिय बीमा संस्थानले पुस महिनामा प्रथम बीमा शुल्क आर्जन भन्दा सरेण्डर धेरै गर्नु परेको छ । संस्थाले तीन करोड ६४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ७ करोड ७३ लाख रुपैयाँको सरेण्डर गरेको छ ।

एलआइसी नेपालको प्रथम बीमा शुल्कको ३३ प्रतिशत व्यवसाय सरेण्डर मार्फत बाहिरिएको छ । कम्पनीले पुस महिनामा २९ करोड ६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ८ करोड २३ लाख रुपैयाँ सरेण्डर गर्नु परेको छ । नेशनल लाइफले पुस महिनामा २९ करोड ३० लाख रुपैयाँको नयाँ व्यवसाय भित्र्याउदा पुराना पोलिसी सरेण्डर भएर ८ करोड २३ लाख रुपैयाँ गुमाउनु परेको छ । नयाँ व्यवसायको तुलनामा २८ प्रतिशत सरेण्डर भएको छ ।

सरेण्डरको चपेटामा मेट लाइफ पनि छ । मेट लाइफले पुसमा १० करोड ३० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा तीन करोड ६ लाख रुपैयाँ भने सरेण्डर भएको छ । जुन प्रथम बीमा शुल्कको तुलनामा २९ प्रतिशत सरेण्डर हो । त्यस्तै एशियन लाइफमा प्रथम बीमा शुल्क आर्जनको तुलनामा १९ प्रतिशत सरेण्डर भयो । कम्पनीमा तीन करोड ६८ लाख रुपयाँ सरेण्डर भयो । प्राइम लाइफको १६ प्रतिशत, गुराँसको २८ प्रतिशत, युनियनको ८ प्रतिशत, सानिमाको १२ प्रतिशत, सिटिजनको ६ प्रतिशत, आइएमई लाइफको ४ प्रतिशत, रिलायन्स लाइफको ६ प्रतिशत, रिलायबल नेपालको ४ प्रतिशत, प्रभुको ७ प्रतिशत, सूर्यज्योति लाइफको १.९१ प्रतिशत, महालक्ष्मी लाइफको ६.३१ प्रतिशत, सन नेपाल लाइफको ०.७५ प्रतिशत सरेण्डर भएको छ ।

गत मंसिर महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्को ४७ प्रतिशत व्यवसाय सरेण्डरमै सकिएको थियो । मंसिर महिनामा नेपाल लाइफको ८८ प्रतिशत व्यवसाय सरेण्डर भएकोमा अहिले ९८ प्रतिशत नाघेको छ । यसरी नेपाल लाइफबाट पोलिसी सरेण्डर गर्नेको संख्या बढ्दै गएको छ । कम्पनीले अत्याधिक पोलिसी आर्जन गर्न बीमितको वास्तविक अण्डरराइटिङ नै नगरी क्षमता भन्दा ठुला बीमाङ्कको बीमा गराउदै आएको छ । जव बीमितको आम्दानीमा कमि हुँदै जान्छ त्यस पछि बीमितले बाध्य भएर पोलिसी सरेण्डर गर्न पुग्दछ ।

पछिल्लो समयको आर्थिक मन्दीको चपेटामा बीमा कम्पनीहरु छन् । एकातिर नयाँ व्यवसाय भित्र्याउन सकिरहेका छैनन् भने अर्को तर्फ भकाभक पोलिसी सरेण्डर भइरहेको छ । पुस महिनामा मात्रै ६ हजार ७८२ वटा बीमा पोलिसी सरेण्डर भएका छन् । अर्को महिनादेखि यि पोलिसीको बीमा शुल्क आर्जन हुने छैन ।

दुई महिनामै साढे दुई अर्ब माथिको सरेण्डर, कुन बीमा कम्पनीको कति (सूचिसहित)

जीवन बीमा व्यवसायमा संकटको घण्टी, बीमा शुल्क आर्जन भन्दा सरेण्डर धेरै : कसको हिस्सा कति (सूचिसहित)

जीवन बीमा कम्पनीमा सरेण्डरको बाढी, तीन महिनामै साढे तीन अर्बको सरेण्डर : कुन कम्पनीको कति (सूचिसहित)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS