Prabhu Life Ad Final

सोमबार २१ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

IME PAY

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १०० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २१ अर्ब १०० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी फागुन २३ गते, ९२ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते, १८२ दिन अवधिको ट्रेजरी २०८० साउन २३ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० माघ २३ गते परिपक्व हुनेछ ।

NCHL

यसअघि बैंकले ९१ दिन अवधिको ३ अर्ब ६० करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँ गरी कुल १० अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x