IME Life

नेप्सेमा सामान्य सुधार, १ अर्ब ९३ करोडको कारोबार हुँदा १०८ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज सातको पहिलो दिन शेयर बजारमा सामान्य सुधार भएर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ५४ अंकले बढेर २,०९६ दशमलव ०८ को विन्दुमा कायम भएको छ । आज १०८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०१ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल लाइफ इनस्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ४४ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एशिया बैंकको ५ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ५ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आदर्श लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्स कम्पनकिा लगानीकर्ताले ८ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इष्र्टन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ४५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS