IME Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले थालनी गर्यो नेपाल पे ट्याप,नेपाल पे क्युआर सेवा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पोस बाट “नेपाल पे ट्याप र नेपाल पे क्युआर सेवाको थालनी गरेको छ । यससँगै अब बैंकका ग्राहकहरूले मर्चेन्ट प्वाइन्टहरुको फिन पोस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

बैंकका अनुसार अब इन्टरनेट बिना पनि ग्राहकले नेपाल पे ट्याप मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी डायनामिक नेपाल पे क्युआरलाई पनि बैंकले आफ्नो फिन पोसमा सुचारु गरेको छ । उक्त फिन पोसमा उपलब्ध क्युआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस प्रयोग गर्न सकिन्छ, बैंकले सुरुवात गरेको पीओएस डिभाइसमा क्युआर र एनएफसी मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो रहेको बैंकले जनाएको छ ।

Prabhu
Crest

एनसीएचएलका अनुसार नेपाल पे ट्याप, एनएफसी प्रविधिमा आधारित छ जसले दुईवटा डिभाइसहरु बीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो पि टु पी र पी टु एम भुक्तानीहरूको लागि कन्टयाक्टलेस भुक्तानीको माध्यम हो । ग्राहकलाई एनएफसी सम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन ।

यस सँगै अब ग्राहकले पीओएसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन फिन पोसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । हाल यो सेवा कनेक्ट आइपीएस मोबाइल एप मार्फत उपलब्ध रहेको छ । यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी इनेबल भएको हुनुपर्दछ । हाल नेपाल पे ट्यापको कारोबार सीमा प्रति कारोबार रु ५,००० सम्म रहेको छ र यसलाई ग्राहक आफैंले पनि निर्धारण गर्न सक्दछन् ।

सिटीटेकले विभिन्न बैंकका लागि अल इन ओन मेसिनको रूपमा फिन पोस उपलब्ध गराउँदै आएको छ । मर्चेन्टहरुका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरण मार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरुको जानकारी सजिलै प्राप्त गर्न सकिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS