IME Life

राष्ट्र बैंकले सुपर लघुवित्तको संचालक समितिलाई गर्याे निलम्बन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको विद्यमान संचालक समितिलाई निलम्बन गरेको छ । संस्थापक तथा संचालकहरुले लामो समयदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गरेकोले संचालक समितिलाई निलम्बन गरेको राष्ट्र बैंकले जनाएको छ ।

संस्थाका जिम्मेवार पदाधिकारीहरुबाट भए गरेका कार्यहरुबाट नेपाल राष्ट्र बैंक ऐन,२०५८ को दफा ८६ ख को खण्ड (क), (ख), (घ), (च) तथा (ञ) मा भएका अवस्थाहरु संस्थामा विद्यमान रहेको देखिएको छ । साथै उक्त समितिबाट संस्था संचालन हुन सक्ने स्पष्ट आधार समेत नदेखिएकोले निलम्बन गरिएको हो । संस्थाको प्राथमिक पुँजीकोष ३४.३० प्रतिशत र पूँजीकोष ३२.६५ प्रतिशतले ऋणात्मक रहेको, संस्थाको बचत समेत क्रमिक रुपमा घट्दै गइरहेको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासन समेत कमजोर देखिएकोले नेपाल राष्ट्र बैंक ऐनको दफा ८६ ‘ग’ को उपदफा १ को खण्ड (ण) मा भएको प्रावधान बमोजिम संस्थाको विद्यमान संचालक समितिलाई निलम्बन गरिएको छ ।

Prabhu
Crest

विद्यमान समितिको निलम्बनसँगै राष्ट्र बैंकले संस्थाको व्यवस्थापन मिति २०७९ माघ २३ बाट नियन्त्रणमा लिई बैंकबाट ‘नियुक्त अधिकारी’ (व्यवस्थापन समुह) नियुक्त गरी संस्था संचालन गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS