IME Life

नेपाल लाइफको जगेडा कोष ७२% घट्यो, व्यापार वृद्धि सुस्त (रिपोर्ट सहित )  

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ।  रिपोर्ट अनुसार कम्पनीको जगेडा कोष घट्दा आधारभूत रुपमा कम्पनी कमजोर देखिन थालेको छ । जगेडा कोष ७२ प्रतिशत भन्दा धेरैले घट्दै ४८ करोड ४ लाखमा झरेको छ । ८ अर्ब माथि चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ५० करोड पनि नहुँदा कम्पनीको किताबी मूल्य ११६ रुपैयाँ मात्र छ । अघिल्लो वर्ष १३४ रुपैयाँ किताबी मूल्य भएको कम्पनीको किताबी मूल्य १३ दशमलव ६४ प्रतिशतले घटेको छ ।

खुद बीमा शुल्क आर्जन नगन्य प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष १८ अर्ब ११ करोड रहेको खुद बीमा शुल्क आर्जन रकम अहिले १ दशमलव ६० प्रतिशतले वृद्धि हुँदै १८ अर्ब ४० करोड पुगेको छ ।

Prabhu
Crest

८ अर्ब २० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ४८ करोड संचित छ ।  जीवन बीमा कोष  १ खर्ब ५० अर्ब पुगेको छ । समिक्षा अवधिमा जीवन बीमा कोष २० दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको खुद नाफा २३७ प्रतिशतले वृद्धि हुँदै ४४ करोड पुगेको छ। प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ ७३ पैसा  छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

10%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

90%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS