IME Life

जीवन बीमा व्यवसायमा चरम मन्दी, प्रथम बीमा शुल्क आर्जन ३१ प्रतिशतले खुम्चियो

SPIL
NIC ASIA

काठमाडौं । चालू आर्थिक वर्षमा महँगी बढ्नुका साथै बै‌ंक तथा वित्तीय संस्थासँग लगानी याेग्य रकमकाे अपर्याप्तताका कारण ब्याज दर महँगिएपछि जीवन बीमा व्यवसाय ओरालाे गतीमा लागेकाे छ । गत आर्थिक वर्ष २०७८/७९ काे पाैष मसान्तकाे तुलनामा चालू आर्थिक वर्ष २०७९/८० काे पाैष मसान्तसम्ममा प्रथम बीमाशुल्क आम्दानी ३१ प्रतिशतले खुम्चिएकाे छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेकाे पाैष मसान्तसम्मकाे आवधिक तथ्या‌ंङ्क विश्लेषण गर्दा प्रथम बीमाशुल्क आम्दानी ३१ प्रतिशतले खुम्चिएकाे छ । गत आवकाे पाैष मसान्तसम्ममा २० अर्ब ६० कराेड ९६ लाख ८८ हजार रुपैयाँ प्रथम बीमाशुल्क स‌ंकलन गरेका जीवन बीमा कम्पनीले चालू आवकाे पाैष मसान्तसम्ममा जम्मा १४ अर्ब १७ कराेड ७९ लाख २३ हजार रुपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेका छन् ।

Prabhu
Crest

समग्र जीवन बीमा क्षेत्रकै बीमाशुल्क आम्दानीकाे वृद्धिदर नकारात्मक हुँदा जीवन बीमा कम्पनीहरुकाे प्रथम बीमाशुल्क आम्दानी न्यूनतम १३ देखि अधिकत्तम १३४ प्रतिशतसम्म खुम्चिएकाे छ।

यसैगरी नविकरण बीमाशुल्क आम्दानी याे अवधिमा गत आर्थिक वर्षकाे पाैष मसान्तकाे तुलनामा १४ प्रतिशतले वृद्धि भएकाे छ। १९ जीवन बीमा कम्पनीले चालू आवकाे पाैष मसान्तसम्ममा ५७ अर्ब ४७ कराेड ४१ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । तर प्रथम बीमाशुल्क आम्दानी वृद्धिदर नकारात्मक रहेकाले कूल बीमाशुल्क आम्दानी दाेश्राे त्रैमासकाे अन्त्यसम्ममा आव २०७८/७९ काे पाैष मसान्तकाे तुलनामा जम्मा १‍ प्रतिशतकाे झिनाे अंकले वृद्धि भएकाे छ।

किन खुम्चिंदै छ जीवन बीमा व्यवसायः

जीवन बीमा कम्पनीहरुकाे प्रथम् बीमाशुल्क आम्दानी वृद्धि हुनुकाे साटाे स‌ंकुचन हुनुले जीवन बीमा कम्पनीहरूका लागी भावी दिन सहज देखिएकाे छैन । महँगी बढेका कारण बचत ओरालाे लागेपछि जीवन बीमामा दीर्घकालका लागी लगानी गर्नु सर्वसाधारणकाे प्राथमिकतामा पर्न छाडेकाे छ । यसबाहेक वित्तीय तरलताकाे अभाव खेपेका बै‌ंक वित्तीय संस्थाले दाेहाेराे अंककाे ब्याज दरसहित बीमा सुविधा समेत उपलब्ध गराएर सर्वसाधारणकाे पाेल्टामा रहेकाे नगद मुद्दती निक्षेपमार्फत् खिचेकाले पनि जीवन बीमा व्यवसायमा प्रत्यक्ष प्रभाव देखिएकाे छ।

पुराना अधिकांश जीवन बीमा कम्पनीले बीमा अवधि पुरा भएपछि १० देखि २० वर्षे अवधिकाे लागी जारी गरिएकाे सावधिक बीमालेखकाे दाबी भुक्तानी शुरू गरिसकेकाले पनि सर्वसाधारणले बीमांककाे दाेब्बर रकम भुक्तानी नपाउँदा समेत जीवन बीमा प्रतिकाे आकर्षण खस्किएकाे हुनसक्छ ।

जीवन बीमा कम्पनीहरूलाई पूँजी वृद्धि गर्न र मर्जरमा जान बाध्य पारिएका बेला समग्र जीवन बीमा व्यवसाय नै ‌‌‌‍ओरालाे लाग्नुले उच्च व्यवस्थापन तह तनावमा रहेकाे छ। यस्तै अवस्था रहे व्यापार प्रतिस्पर्धामा टिक्न र बजार हिस्सा कायमै राख्नका लागी जीवन बीमा कम्पनीहरुबीच पुनः एक पटक अस्वस्थ प्रतिस्पर्धा बढ्ने र जथाभावी जाेखिम माेलेर व्यापार बढाउने प्रवृत्ती माैलाउन सक्ने जाेखिम देखिएकाे छ। छाेटाे अवधिकाे लागी मात्र दायीत्व व्यहाेर्नुपर्ने म्यादी बीमा र वैदेशिक राेजगार म्यादी जीवन बीमा याेजना समेत पुनः जीवन बीमा कम्पनीहरूकाे प्राथमिकतामा पर्न थालेकाे छ । नेपाल बीमा प्राधिकरणले सबै जीवन बीमा कम्पनीहरूलाई वैदेशिक म्यादी जीवन बीमा पोलिसी बिक्री गर्न पाउने बाटो खोलिदिए सँगै सबै कम्पनीहरुले आफ्नो हिस्सा बढाउन तल्लिन छन् ।

अभिकर्ता तथा कर्मचारीहरुले गएका वर्षमा एकल बीमा शुल्क मार्फत टार्गेट पुरा गर्न खोज्दा व्यवसायमा उल्लेख्य सुधार भएको थियो । प्राधिकरणले उधारो बीमा पोलिसी र एक बीमा शुल्क पोलिसीमा कडाइ गरे सँगै जीवन बीमा व्यवसायको प्रारम्भिक व्यवसायमा गिरावट आउन सुरु भएको थियो ।

देशको आर्थिक सूचकहरुलाई हेर्ने हो भने प्रायः सबै नकारात्मक छ । बीमा अभिकर्ताहरुले पोलिसीका लागि अनुरोध गर्दै गयो भने जोसुकैको पहिलो भनाइ नै देशको आर्थिक सूचक धेरै कमजोर भइसकेको भन्दै सुरु हुन्छ। तर सार्वजनिक विदाका दिनमा काठमाडौं उपत्यका बाहिरका कुनै पनि होटलका कोठा खालि हुँदैनन् । एकातिर बीमा गर्नु पर्यो भन्दा सर्वसाधारणको पहिलो जवाफ पैसा छैन भन्ने आउछ । अर्को तिर ति नै सर्वसाधारणहरु हरेक साता र सार्वजनिक विदाका दिनमा मनोरञ्जनका लागि उपत्यका बाहिर पुगिसक्छन् ।

के गर्दैछन् बीमा कम्पनीहरूः

स‌ंख्यात्मक उपस्थितिका लागी मात्र खाेलिएका शाखा, उपशाखा कार्यालयहरू बन्द गर्ने वा गाभ्ने कार्य जीवन बीमा कम्पनीकाे पहिलाे प्राथमिकतामा परेकाे छ । नाम मात्रका लागी भएपनि शाखा, उपशाखाकाे सञ्जाल खडा गरेका जीवन बीमा कम्पनीले अब व्यवसाय शुन्य भएका वा घर बहाल, कर्मचारी तलब र संचालन खर्च समेत उठ्ने गरी व्यापार दिन असक्षम शाखा,उपशाखा कार्यालयहरू समेत गाभ्ने वा बन्द गर्ने निर्णय लिन थालेका छन् । सन नेपाल लाईफकाे शाखा संजाल धेरै भएपनि प्रति शाखा व्यवसाय ज्यादै न्यून छ ।

याे कम्पनीकाे अधिकांश व्यापार वैदेशिक राेजगार बीमालेख बिक्रीबाटै भइरहेकाे छ। यसैगरी युनियन लाईफ इन्स्याेरेन्सकाे शाखा उपशाखा स‌ञ्जाल ठुलाे भएपनि कार्यालय सञ्चालनका लागी आवश्यक स‌ंख्यामा जनशक्ति छैन। केही कम्पनीकाे शाखा, उपशाखा कार्यालयमा नाम मात्रकाे बाेर्ड झुण्डिएकाे पाइएकाे छ । जहाँ कार्यालय समयभर कर्मचारीकाे उपस्थिति देख्न पाइदैन । यसबाहेक मर्जरमा गएका बीमा कम्पनीले छाेटाे दुरीमा भएका  शाखा, उपशाखा गाभ्ने र अनावश्यक देखिएकाे स्थानकाे कार्यालय सधैंका लागी बन्द गर्ने काम शुरू गरिसकेका छन् ।

अहिले व्यवसाय वृद्धिदर नकारात्मक भएपछि केही जीवन बीमा कम्पनीकाे उच्च व्यवस्थापनले याे अवस्थालाई पूर्वानुमान गरेर प्रशासनिक तथा स‌ञ्चालन खर्चकाे उपायहरू अवलम्बन गर्ने कार्य शुरू गरिसकेकाे छ । सम्बद्ध श्राेतका अनुसार नेपाल लाईफले जस्तै अन्य कम्पनीले पनि कर्मचारी तथा अभिकर्तालाई दिदै आएकाे अतिरिक्त सुविधाहरुमा कै‌ची चलाई रहेका छन् । अत्यन्त स‌ंवेदनशील कार्यका लागी बाहेक अन्य काममा रहेका पुराना जनशक्तिलाई बिदाबारी गरेर सस्ताे जनशक्ति भर्ना गरेरै भएपनि कर्मचारी खर्च कटाैती गर्ने रणनीतिमा समेत बीमा कम्पनीकाे ध्यान केन्द्रीत रहेकाे छ। कतिपय बीमा कम्पनीहरुले दीर्घकालिन खर्चको व्यवस्थापन गर्न कर्मचारी हायर गर्ने कन्सल्ट्यान्ट मार्फत कर्मचारी नियुक्त गर्ने गरेका छन् । तल्लो तहका पदमा यस्तै कन्सल्ट्यान्ट मार्फत कर्मचारी नियुक्त गर्ने ट्रेण्ड बढेको छ ।

व्यवसाय नबढ्दा कम्पनीहरु चिन्तित छन् । अभिकर्ताको सञ्जाल पनि पहिलाको जस्तो सक्रिय छैनन् । लकडाउनको समयमा खालि समयलाई सदुपयोग गर्दै शिक्षक, सरकारी कर्मचारी, सामाजिक संघ संस्थाका कर्मचारीहरुले अभिकर्ताको काम गरेका थिए । अहिले यो समुह लगभग निष्कृय जस्तै छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

50%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS