IME Life

नेपाल पूनर्बीमाले तीनकुनेमा सुविधा सम्पन्न व्यवसायीक भवन निर्माण गर्दै, कस्ताे हुनेछ भवन ?

SPIL
NIC ASIA

काठमाण्डाै‌ । हाल थापाथलीमा बहालकाे घरमा कार्यालय स‌ंचालन गरिरहेकाे नेपाल पूनर्बीमा कम्पनीले आफ्नै व्यवसायीक भवन निर्माण गर्ने भएकाे छ । नेपाल पूनर्बीमाले काठमाण्डाैं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगरमा व्यवसायीक भवन निर्माणकाे तयारी गरेकाे हाे ।

नेपाल पूनर्बीमाका अनुसार कार्यालय प्रयाेजनका लागी शान्तिनगर बानेश्वरस्थित २३६२.८५ वर्गमिटर अर्थात् ४ राेपनी १० आना १ पैसा १ दाम क्षेत्रफलमा फैलिएकाे जग्गामा व्यवसायीक भवन निर्माण गर्न लागिएकाे हाे ।

Prabhu
Crest

तीनकुनेकाे पुल छेउ लायन्स आँखा अस्पताल परिसरसँगै जाेडिएकाे जग्गामा निर्माण गर्न लागिएकाे ८ वटा तल्ले प्रस्तावित भवनकाे पहिलाे दुई तल्ला पार्किङ प्रयाेजनका लागी छुट्याइनेछ । यसैगरी कूल ३० मिटर अग्लाे हुने याे भवनकाे प्रत्येक तल्लाकाे उचाइँ ३.७५ मिटर रहनेछ ।

नेपाल पूनर्बीमाले भवन निर्माण प्रयाेजनका लागी नेपाल बै‌ंक लिमिटेडकाे स्वामित्वमा रहेकाे घडेरी जग्गा खरिद गरेकाे हाे ।

पूनर्बीमाले केही समयअघि मात्र थापाथलीमा अवस्थित एलएस भवन बहालमा लिएकाेमा डेढ कराेड रुपैयाँ खर्चिएर आन्तरिक सज्जा र भाैतिक पूर्वाधारकाे काम सम्पन्न  गरेकाे थियाे ।  नेपाल पूनर्बीमाले आन्तरिक सजावट, एयर कण्डिश्नरसहितको विद्युतीय उपकरणको लागी १ करोड ४१ लाख रुपैयाँमा हिमानी काव्य कन्स्ट्रक्शन सेवा सिन्धुलीलाई निर्माण कार्यको ठेक्का दिएको थियाे । थापाथलीस्थित बिजनेश टावरबाट नेपाल पूनर्बीमाले प्रधान कार्याललाई २०७९ बैशाख १ गतेदेखि एलएस भवनमा स्थानान्तरण गरेकाे हाे।

भवन निर्माण सम्बन्धमा वातावरणीय प्रभाव मूल्या‌ंकनका लागी स्थानीयवासिन्दासँग अन्तरकृयाका लागी नेपाल पूनर्बीमाले फागुन ६ गते शनिबार सिद्धेश्वर मावि परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रमकाे आह्वान गरेकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

33%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS