IME Life

मुक्तिनाथ र शाइन रेसुङ्गा : आकारमा मुक्तिनाथ ठूलो हुँदा शाइनले कसरी दियो टक्कर ?

SPIL
NIC ASIA

काठमाडौँ । मुक्तिनाथ विकास बैंक नेपालको सबै भन्दा ठूलो विकास बैंक हो भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको विकास बैंकको रुपमा आए पश्चात आक्रामक रुपमा प्रस्तुत भैरहेको विकास बैंक हो । दुवै विकास बैंकले आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

आकारको हिसाबले मुक्तिनाथ विकास बैंक अघि छ भने प्रति शेयर सूचक जस्तै प्रति शेयर आम्दानी, प्रति शेयर किताबी मूल्य जस्ता सूचकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अघि देखिएको छ । तथ्यांकको आधारले हेर्दा एक नम्बर विकास बैंकको दौडमा शाइन रेसुङ्गा पनि एउटा बलियो प्रतिष्पर्धी हुने देखिएको छ ।

Prabhu
Crest

दुवै कम्पनीलाई केही महत्वपूर्ण आधारभूत सूचकका आधारमा गरिएको तुलानात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ४ अर्ब २८ करोड छ भने मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ६ अर्ब ४२ करोड रहेको छ ।

रिटेण्ड अर्निङ्गको आधारमा :
रिटेण्ड अर्निङ्ग शाइन रेसुङ्गाको धेरै छ । मुक्तिनाथ विकास बैंकको रिटेण्ड अर्निङ्ग ६ करोड हुँदा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११ करोड छ ।

जगेडा कोषको आधारमा :
जगेडा कोषमा मुक्तिनाथ विकास बैंक अघि छ । मुक्तिनाथ विकास बैंकको जगेडा कोषमा २ अर्ब १८ करोड रुपैयाँ संचित छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ संचित छ ।

निक्षेप र कर्जाको आधारमा :
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४९ अर्ब ४८ करोड निक्षेप संकलन गरी ४० अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै मुक्तिनाथ विकास बैंकले १ खर्ब ९ अर्ब निक्षेप संकलन गरी ९२ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ ।

खुद व्याज आम्दानीको आधारमा :
मुक्तिनाथ विकास बैंकले ६ महिनाको अवधिमा २ अर्ब ०४  करोड खुद व्याज आम्दानी गर्दा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब ०५ करोड खुद व्याज आम्दानी गरेको छ ।

संचालन नाफाको आधारमा :
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आवको दोश्रो त्रैमाससम्म ६१ करोड संचालन नाफा गर्दा मुक्तिनाथ विकास बैंकले ८९ करोड संचालन नाफा गरेको छ।

खुद नाफाको आधारमा :
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आवको दोश्रो त्रैमाससम्म ४२ करोड खुद नाफा गरेको छ भने मुक्तिनाथ विकास बैंकले ६२ करोड खुद नाफा गरेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
वार्षिक प्रति शेयर आम्दानीको आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अघि छ । मुक्तिनाथ विकास बैंकको प्रति शेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ ०६ पैसा छ ।

निस्क्रिय कर्जाको आधारमा :
मुक्तिनाथ विकास बैंकको निस्क्रिय कर्जा शून्य दशमलव ९८ प्रतिशत हुँदा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ दशमलव ३१ प्रतिशत छ।

किताबी मूल्य :
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको किताबी मूल्य १३६ रुपैयाँ २१ पैसा छ भने मुक्तिनाथ विकास बैंकको किताबी मूल्य १३४ रुपैयाँ ९६ पैसा छ ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%

खुसी

3%

दु :खी

10%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS