Prabhu Life Ad Final

कहींकतै नभएको शर्त तेर्स्याउँदै नेपाल लाईफ,आंशिक अवधिवापतकाे रकम भुक्तानीमा शर्तैशर्त

IME PAY

काठमाण्डौं । नेपाल लाईफ इन्स्योरेन्सले स्थापनाकाल देखि नै आंशिक अवधि भुक्तानी (सर्भाइभल बेनिफिट) को भुक्तानीमा बीमितलाई ठगी गर्दै आएको पुष्टी भएको छ । आंशिक अवधि भुक्तानीवापत बीमितले रकम भुक्तानी पाउनुपर्ने समयमा नेपाल लाईफले बीमालेख कर्जाको सम्पूर्ण साँवा र ब्याज समेत असुल उपर गरेर बीमितलाई जबरजस्ती कर्जा चुक्ता गर्न बाध्य बनाउँदै आएको हो ।

नेपाल लाईफको बीमित केशव प्रसाद भण्डारीले अग्रिम भुक्तानी बीमालेख अन्तर्गत प्राप्त गर्नुपर्ने आंशिक अवधि भुक्तानी नपाएपछि नियमानुसारको अग्रिम दाबी भुक्तानी दिलाई दिनका लागी नेपाल बीमा प्राधिकरण समक्ष लिखित उजुरी गरेका थिए । उनले बीमालेखको धितोमा नेपाल लाईफबाट कर्जा लिएका थिए । बीमालेखको बेग्लै शर्त अन्तर्गत उनले ४-४ वर्षको अन्तरालमा प्राप्त गर्ने आंशिक अवधि भुक्तानी लिनका लागी नेपाल लाईफको बालाजु शाखा कार्यालयमा सम्पर्क गर्दा त्यहाँ कार्यरत कर्मचारीले बीमालेख कर्जाको साँवा र ब्याज भुक्तानी नगर्दासम्म आंशिक अवधिवापतको भुक्तानी नदिने जानकारी गराए ।

NCHL

यसै विषयलाई लिएर नेपाल लाईफ प्रधान कार्यालयमा दिएको निवेदनको जवाफ प्रति चित्त नबुझेपछि बीमित भण्डारीले नेपाल बीमा प्राधिकरणमा नेपाल लाईफको गैरकानूनी गतिविधिबारे उजुरी गर्दै कारवाहीको माग गरेका थिए । बीमा प्राधिकरणले भण्डारीको उजुरीको सम्बन्धमा नेपाल लाईफलाई पौष २९ गते पत्र पठाएर लिखित स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण पेश गर्ने क्रममा नेपाल लाईफले माघ ५ गते प्राधिकरण समक्ष पेश गरेको लिखित जवाफमा कम्पनीको स्थापनाकालदेखि नै बीमितलाई सर्भाइबल बेनिफिटको रकम भुक्तानी गर्नुपूर्व बीमालेख कर्जाको साँवा र ब्याज असुल उपर गर्दै आएको जिकीर गरेको छ ।

प्राधिकरण समक्ष नेपाल लाईफले पेश गरेको यो जिकीर बीमा ऐन २०७९, बीमा नियमावली वा जीवन बीमालेख निर्देशिका २०७८ लगायत कुनै पनि कानूनी प्रावधानमा छैन । नेपाल लाईफले स्पष्टीकरणका क्रममा बीमालेख निर्देशिका २०७८ को दफा ५ मा समर्पण मूल्य गणना गर्दा आंशिक अवधि भुक्तानीवापत भुक्तानी गरिएको रकम घटाउने प्रावधान रहेको उल्लेख गरेको छ ।

नेपाल लाईफको स्पष्टीकरणमा उल्लेख गरिए झैं समर्पण मूल्य गणनाको क्रममा आंशिक अवधि भुक्तानीवापतको रकम घटाउने प्रावधान भएपनि आंशिक अवधि भुक्तानीको क्रममा कर्जाको साँवा समेत असुल्नुपर्नेछ भन्ने प्रावधान बीमालेख निर्देशिकामा कतै पनि उल्लेख छैन ।

बीमितले समयमा कर्जाको साँवा र ब्याज भुक्तानी नगर्दा सपर्मण मूल्यभन्दा असुल उपर गरिने साँवा र ब्याज रकम बराबर वा अधिक हुने देखिएको अवस्थामा धितोवापत रहेको बीमालेख जफत गर्ने अधिकार जीवन बीमा कम्पनीमा निहित रहेको हुन्छ । तर आंशिक अवधि भुक्तानी नै रोक्ने अधिकार कुनै पनि जीवन बीमकलाई कानूनले दिएको छैन ।

बीमितले तोकिएको समयमा बीमालेख धितो कर्जाको ब्याज भुक्तानी नगरेको अवस्थामा अग्रिम भुक्तानी वा सर्भाइबल बेनिफिटवापत बीमितले पाउनुपर्ने कुनै रकम भुक्तानी लिन जाँदा बीमा कम्पनीले कर्जा रकमको ब्याज भुक्तानीका लागी बीमितलाई सुझाव दिनु वा रकम भुक्तानी गर्न लगाउनु स्वाभाविक हो । तर बीमा अवधिभित्र जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा भएको बीमालेख कर्जाको साँवावापतको रकम समेत जबरजस्ती भुक्तानी गर्न लगाउँदै आएको छ ।

बीमितले पाउने सुविधावापतको रकम कर्जाको साँवा वा ब्याज समायोजनका लागी कट्टा गर्ने सम्बन्धमा बीमालेख जारी गर्ने समयमा नै जीवन बीमा कम्पनीले बीमितसँग लिखित शर्त गरेको हुनुपर्छ । नेपाल लाईफले केशव प्रसाद भण्डारीको नाममा जारी गरेको बीमालेखमा यस सम्बन्धमा कुनै शर्त छैन ।
बीमितले बीमालेखको धितोमा कर्जा लिंदा जीवन बीमा कम्पनीले सपर्मण मूल्यको गणना गरेर यस्तो कर्जा उपलब्ध गराउँछ । बीमितले बीमालेख धितोको कर्जावापतको ब्याज छ छ महिनामा भुक्तानी गर्नुपर्छ । भुक्तानी नगरेको अवस्थामा ब्याज समेत साँवामा जोडेर जीवन बीमा कम्पनीले ब्याज असुल्छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

12%

खुसी

31%

दुःखी

12%

अचम्मित

0%

उत्साहित

46%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x