IME Life

यी ६ निर्जीवन बीमा कम्पनीको शेयर किन्दा अझै पाइन्छ प्रस्तावित लाभांश, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि हालसम्म १३ निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । यी बाहेकका कतिपय कम्पनीहरु लाभांश घोषणाको प्रक्रियामा रहेका छन् । हालसम्म लाभांश घोषणा गरेका निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले र सबैभन्दा थोरै यूनाइटेड इन्स्योरेन्स कम्पनीले घोषणा गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनी
लाभांश प्रस्ताव गरेकामध्ये सबैभन्दा धेरै लाभांश घोषणा गरेको शिखरले आफ्ना शेयरधनीलाई कुल १६ दशमलव ८४२१ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १६ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ भने ० दशमलव ८४२१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

नेको इन्स्योरेन्स कम्पनी
नेको इन्स्योरेन्स कम्पनीले गत वर्षको मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये कम्पनीले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर वितरण गर्न लागेको हो भने ० दशमलव ७९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्न लागेको हो ।

प्रिमियर इन्स्योरेन्स कम्पनी
प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनश शेयर वितरण गर्ने जनाएको छ भने ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनी
सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आथिृक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १३ दशमलव १५७९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले जसमध्ये १२ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्न लागेको हो भने कर प्रयोजनका लागि ० दशमलव ६५७९ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

एनएलजी इन्स्योरेन्स कम्पनी
एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । जसमध्ये कम्पनीले १० प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ० दशमलव ५२६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्नेछ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ९ दशमलव ४७३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले सबै नगद लाभांश वितरण गर्ने जनाएको छ । यस पटक कम्पनीले शेयरधनीलाई बोनश शेयर वितरण नगर्ने भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी
नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा कुल ८ दशमलव ४२११ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये कम्पनीले ८ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने कर प्रयोजनका लागि ० दशमलव ४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनी
आइएमई जनरलले हाल कायम चुक्ता पूँजीको आधारमा गत वर्षको वितरणयोग्य नाफाबाट आफ्ना शेयरधनीलाई कुल ६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये कम्पनीले ६ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि ० दशमलव ३२ प्रतिशत नगद लाभौश वितरण गर्नेछ ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी
यूनाइटेड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये कम्पनीले ५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि ० दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ६ दशमव ८४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले जसमा ६ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने जनाएको छ भने ० दशमलव ३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ७ दशमलव ३५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा ६ दशमलव ९९ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने ० दशमलव ३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

प्रभु इन्स्योरेन्स कम्पनी
प्रभु इन्स्योेरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले कुल ७ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा कम्पनीले ६ दशमव ७ प्रतिशत बोनश शेयर वितरण गर्ने जनाएको छ भने ० दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स
साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको नाफा नोक्सान हिसावमा बाँडफाँडको लागि उपलब्ध रकमबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २ दशमलव ७५ प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि ० दशमलव १४ प्रतिशत नगद लाभांश गरी कुल २ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अझै ६ कम्पनीको शेयर किन्दा पाइन्छ लाभांश
लाभांश घोषणा गरेका १३ निर्जीवन बीमा कम्पनीहरुमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले बुक क्लोजको मिति तय गरेका छन् । तर बुक क्लोजको मिति भने आउन बाँकी नै रहेको हुँदा यी दुई कम्पनीको शेयर किन्नले अझै लाभांश पाउनेछन् । लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सले साधारणसभा प्रयोजनको लागि माघ २७ गतेदेखि साधारण सभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । यी दुई कम्पनी मर्जरको प्रक्रियामा रहेका छन् ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले भने बुक क्लोजको मिति समेत तय गरेका छैनन् । त्यसकारण यी कम्पनीको शेयर किन्नेले प्रस्तावित लाभांश पाउन योग्य रहनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS