IME Life

बीमा प्राधिकरणको विराटनगर प्रदेश प्रमुखमा कुन्दन सापकोटा, तीन महिना पछि विनोद पोखरेल

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विराटनगर प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी उप निर्देशक कुन्दन सापकोटालाई दिएको छ । प्राधिकरणले प्रदेश कार्यालयको प्रारम्भिक सञ्चालन तथा शुभारम्भका लागि सापकोटालाई पठाइएको हो ।

भर्खरै उप निर्देशक पदमा बढुवा भएका विनोद पोखरेललाई सुरुवाति अवस्थाबाटै प्रमुखको जिम्मेवारि दिइने तयारी थियो । तर उनलाई तीन महिना पछि मात्रै प्रमुख बनाउने भएको छ । तीन महिना पछि पोखरेललाई प्रमुख बनाउने गरी हाललाई सापकोटालाई जिम्मेवारि दिइएको प्राधिकरणले जनाएको छ । सापकोटाले आइतबारदेखिनै प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।

Prabhu
Crest

प्राधिकरणले यस भन्दा अगाडी सुदुरपश्चित प्रदेश कार्यालय, कर्णाली प्रदेश कार्यालय र मधेष प्रदेश कार्यालयको स्थापना गरिसकेको छ । अहिले गण्डकी प्रदेश कार्यालय, विराटनगर प्रदेश कार्यालय र लुम्बिनी प्रदेश कार्यालयको स्थापना गर्दैछ । गण्डकी प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी उप निर्देशक केशव प्रसाद दाहालले पाइसकेका छन् । त्यस्तै लुम्बिनी प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी उप निर्देशक पुर्ण बहादुर थापाले पाएका छन् ।

प्रादेशिक संरचना अनुसार प्राधिकरणले आफ्ना कार्यालय स्थापना गरिरहेको छ । प्रादेशिक कार्यालयलाई निश्चित अधिकार प्रत्यायोजन गरिएका छन् । यस्ता प्रदेश कार्यालयले आफ्नो प्रदेश अन्तर्गतका बीमा कम्पनीका शाखा कार्यालयलाई अभिकर्ताको लाइसेन्स प्रदान गर्नेछ । आफ्नो क्षेत्रमा रहेका बीमा कम्पनीका शाखा कार्यालयको नियमन, सुपरिवेक्षण सहित बीमा सचेतनाका विविध कार्यक्रमहरु गर्न पाउनेछन् ।

हरेक प्रदेश कार्यालयले एउटा सवारी साधन, एक जना ड्राइभर, कार्यालय सहयोगी, दुई जना अन्य करारका कर्मचारी र तीन जना स्थायी कर्मचारीहरुको सुविधा पाउनेछन् । प्राधिकरणले प्रदेश तोकेर दुई दुई वटाको दरले लघु बीमा कम्पनीको लाइसेन्स लिइसकेको छ । अव ति लघु बीमा कम्पनीले सम्बन्धित प्रदेशमा आफ्नो केन्द्रिय कार्यालय स्थापना गर्नेछन् । यस्ता लघु बीमा कम्पनीलाई पनि प्राधिकरणको प्रादेशिक कार्यालयले नियमन गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS