IME Life

पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले गरे ७१ अर्बमाथिको ब्यापार, कुनले कति भित्राए ब्यवसाय ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९ /८० को पुस महिनासम्ममा ७१ अर्बमाथि कुल बीमा शुलक आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल १ करोड ४१ लाख ९ हजार १५० वटा बीमालेख विक्री गरी ७१ अर्ब ५ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले पुस महिनामा मात्रै ११ लाख ४४ हजार ८५४ वटा बीमालेख विक्री गरी १२ अर्ब १३ करोड ५८ लाख रुपैयाँ कुल व्यवसाय आर्जन गरेका छन् ।

बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १८ अर्ब ६३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले ८ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, नेशनल लाइफले ७ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १४ करोड, यूनियन लाइफले ३ अर्ब ७५ करोड, एशियन लाइफले ३ अर्ब ४६ करोड, सिटिजन लाइफले २ अर्ब ६६ करोड, मेट लाइफले २ अर्ब ५० करोड, प्राइम लाइफले २ अर्ब २६ करोड, साविक सूर्या लाइफले २ अर्ब ८ करोड कुल बीमा शुलक आर्जन गरेका छन् ।

त्यसैगरी आइएमई लाइफले १ अर्ब ९५ करोड, सन नेपाल लाइफले १ अर्ब ९४ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ७८ करोड, रिलायन्स लाइफले १ अर्ब ५० करोड, साविक ज्योति लाइफले १ अर्ब ४७ करोड, गुराँस लाइफले १ अर्ब ४३ करोड, सानिमा लाइफले १ अर्ब २४ करोड, प्रभु लाइफले १ अर्ब ३ करोड र महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।

सूर्या र ज्योति लाइफ मर्जर भएपछि यस सूर्याज्योति कम्पनीले ५९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

22%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS