IME Life

शेयर बजारलाई पुनरुत्थान गर्न लगानीकर्ता संघ संघठनले राष्ट्र बैंकलाई दिए चार बुँदे सुझाव

SPIL
NIC ASIA

काठमाडौं । शेयर लगानीकर्ताका संघ संघठनले शेयर धितो कर्जाको सिमालाई फिर्ता लिन सुझाव दिएका छन् । नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजी बजार लगानीकर्ता संघले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकलाई चार बुँदे सुझाव दिएका हुन् ।

उनिहरुले अर्धवार्षिक मौद्रिक समिक्षामा १२ करोडसम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका हुन् । उनिहरुले आर्थिक वर्ष २०७९/८० को असार एक गते देखि शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औषतलाई १०० प्रतिशत नै कायम गरिदिन अनुरोध गरेका छन् । त्यस्तै विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंङ्कमा कायम गरिदिन समेत अनुरोध गरेका छन् ।

Prabhu
Crest

तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिन समेत अनुरोध सहित सुझाव दिएका हुन् । शेयर बजार अधिकतम ३२०० अंकमाथि पुगेर हाल २०९० मा झरेको भन्दै उनिहरुले बजार सुधारका लागि यस्तो सुझाव दिएका हुन् । शेयर बजारको बजार पूँजीकरण करिव ४५ खर्ब भन्दा माथि पुगिसकेको अवस्थामा हाल ३० खर्बमा झरेको भन्दै उनिहरुले दुख व्यक्त गरेका छन् । उनिहरुले वर्तमान समयमा पूँजी बजारलाई तत्काल पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकलाई यस्तो सुझाव दिएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS