IME Life

राजनीतिक अन्योलता सँगै शेयर बजार घट्ने क्रम जारी, २२ अंकको गिरावटमा २ अर्बको कारोबार  

SPIL
NIC ASIA

काठमाडौं । राजनीतिक अन्योलता सँगै शेयर बजार लगातार घटिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सर्वोच्चले अनागरिक भन्दै सांसद तथा मन्त्रिपद नै खोसिदिए पछि राजनीतिक अन्योलता थप चुलिदै गएको छ । उनले सर्वोच्चको आदेश पछि जिल्ला प्रशासनबाट नागरिकता लिइसकेका छन् । यस सँगै उनले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सँग पुनः गृहमन्त्रीमा दावा गरे पछि राजनीतिक असमझदी बढेको हो ।

अध्यक्ष लामिछानेले यदि आफ्नो पार्टीलाई गृहमन्त्री नदिएमा सरकारबाट हट्ने चेतावनी दिइसकेका छन् । यदि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्यो भने सत्ता समिकरण पुनः परिवर्तन हुनेछ । यस्तो अवस्थामा मन्त्रिमण्डल नै परिवर्तन हुन्छ । यहि गतिरोधले गर्दा लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको छ ।

Prabhu
Crest

सरकार संरचना परिवर्तन भयो भने नेकपा ऐमालेको तर्फबाट अर्थमन्त्री बनेका विष्णु प्रसाद पौडेलको मन्त्रिपद पनि धरापमा पर्नेछ । शेयर बजारको पछिल्लो सुधारको प्रमुख कारण अर्थमन्त्री पौडेल नै हुन् । उनि अर्थमन्त्री बन्ने चर्चा सँगै सुधार हुन थालेको शेयर बजार उनि अर्थमन्त्री भए पछि साढे तीन सय अंकले सुधार भयो ।

तर सत्ता समिकरणमा विवाद निस्किए पछि सरकार परिवर्तन हुने चर्चाले शेयर बजार पनि तल झर्न थालेको हो । यहि क्रममा दोस्रो बजार १२० अंक भन्दा धेरैले घटेको छ । अहिलेको राजनीतिक समिकरण पछि नेप्से सूचक २२११ अंकसम्म पुग्यो ।

बिहीबार नेप्से सूचक २२.१२ अंकले घटेर २०९४.५४ अंकमा झरेको छ । सूचक सँगै कारोबार रकम पनि २ अर्ब ९ करोडमा सिमित भएको छ । आज सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आएको छ । १९४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट हुँद जम्मा १९ कम्पनीको शेयर मूल्यमा सुधार देखिन्छ ।

आज पनि सर्वाधिक सुधार हुने क्रममा आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० करोडको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS