IME Life

सगरमाथा र लुम्बिनी जनरलबीच मर्जरको अन्तिम सम्झौता, चुक्ता पूँजी २ अर्ब ६२ करोड पुग्ने

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आज माघ १७ गते मङगलबार यी दुई कम्पनीले होटल र्याडिसन लाजिम्पाट  काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिपोर्टको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १००ः८० कायम हुने जनाएको छ ।

Prabhu
Crest

साथै दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनश शेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ कायम रहने कम्पनीले जनाएकोछ  ।

त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र १ जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट हालका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने सहमति भएको कम्पनीले जनाएको छ ।

1675161948330 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

29%

अचम्मित

0%

उत्साहित

43%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS