IME Life

अर्को बैंकको एटिएमबाट पैसा झिक्दा १५ रुपैयाँ मात्रै लाग्ने, मोबाइल बैंकिङको सिमा बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर बैंक एटिएम प्रयोग गर्दा लाग्ने शुल्क घटाएको छ । अवदेखि एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएम मेसिन प्रयोग गर्दै पैसा झिक्दा अधिकतम १५ रुपैयाँ मात्रै लाग्नेछ । यस भन्दा अगाडी अधिकतम २० रुपैयाँसम्म लाग्ने व्यवस्था थियो । ‍राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले अन्तर बैंक एटिएम कारोबार गर्दा मासिक दुई वटासम्मको कारोबार निःशुल्क गर्दै आएकोमा अवदेखि यस्तो व्यवस्थालाई हटाइएको छ । विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमा बढाइएको छ । यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजार रुपैयाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा अवदेखि प्रतिदिन २ लाख लाख रुपैयाँसम्म रकम पठाउन सकिनेछ । वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन २ लाख रुपैयाँसम्म पठाउन सकिनेछ । यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो ।

Prabhu
Crest

एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ५० हजार रुपैयाँसम्म पठाउने सकिने व्यवस्था ल्याइएको छ । यद्यपि प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने थयावत राखिएको छ ।

मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाइएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने बनाइएको छ । बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोवाइल एप्लिकेशन वा इन्टरनेट बैंकिङ्ग मार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरूले प्रति कारोबार अधिकतम रु.१० सम्म सेवा शुल्क लिन सक्नेछन्।

PSD_unified-Directive-2079_Letter-combined

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS