IME Life

राजनीतिक गतिरोध सँगै अर्थतन्त्रका सूचकमा सुधार नहुँदा १०० अंकको गिरावट, कारोबार रकम घट्दै

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्रीको आगामन पछि साढे तीन सय अंकले सुधारिएको शेयर बजार पछिल्लो दुई सातामा एक सय अंकले घटेको छ । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेलको इन्ट्रि सँगै शेयर बजारमा सुधार आए पनि उनले आर्थिक सूचकमा खासै सुधार ल्याउन नसक्दा बजारले गति लिन भने सकेन ।

अर्थमन्त्रीले व्याजदर घटाउन निक्षेपको व्याजदर घटाउन निर्देशन दिए पनि बैंकहरुले कर्जाको व्याजदर भने घटाउन मानेनन् । कर्जाको व्याजदर घट्न सबैभन्दा पहिला आधार व्याजदर घट्नु पर्छ यसका लागि अझै केहि महिना कुर्नु पर्ने हुन्छ । बैंकहरुले फागुन महिनाका लागि जारी गर्ने आधार व्याजदर केहि तल झर्न सक्ने बैंकहरु बताउछन् ।

Prabhu
Crest

अर्थमन्त्रीले व्याजदरमा हस्तक्षेप गर्न खोजे पनि बजारको माग अनुसार तरलता छैन । तरलता नै सहज नभइ अर्थमन्त्री आफैले व्याजदर घटाउन खोज्दा पनि घट्न सम्भव छैन । बैंकहरु अलिकति मात्रै कर्जामा आक्रामक हुने हो भने सिडी रेसियो बढ्नेछ । परिणाम बजारमा तरलता सहज होइन धेरै टाइट हुँदै जानेछ ।

अर्को तर्फ पछिल्ला दिनमा राजनीतिक गतिविधि पनि सन्तोषजनक छैन । राजनीतिक समिकरण कति वेला परिवर्तन हुने हो पत्तो छैन । यसले गर्दा पछिल्लो समय बढेको बजारबाट ठुला लगानीकर्ताले नाफा बुक गरिसकेका छन् । ठुला लगानीकर्ताले नाफा बुक गरेर पर्ख र हेरको अवस्थामा छन् ।

मंगलबार यहि कारणले गर्दा शेयर बजारमा थप १५.७४ अंकले गिरावट आएको छ । नेप्से सूचक ०.७४ प्रतिशतले घटेर २१११.६३ अंकमा झरेको छ । शेयर बजार पछिल्लो समयको तल्लो विन्दुबाट सुधार भएर २२११ अंकसम्म पुगेको थियो । मंगलबार २ अर्ब ८२ करोडको कारोबार भएको छ । १४८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ५७ वटाको भने घटेको छ ।

आज सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयर मूल्य १५९४ रुपैयाँ कायम भएको छ । प्राइम लाइफको सर्वाधिक धेरै ५.२१ प्रतिशतले तल झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS