IME Life

प्रदेश ५ शेयर लगानीकर्ता फोरमले गर्यो नेपाल अविनाश अनाथ आश्रमलाई सहयोग

SPIL
NIC ASIA

काठमाडौं । प्रदेश पाँच शेयर लगानीकर्ता फोरमले अघिल्ला बर्षहरूमा झै यस बर्ष पनि आफ्नो वार्षिकोत्सवको अवसरमा राहत सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फोरमले रुपन्देहीको, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमलाई खाद्य सामग्री तथा लत्ताकपडा सहयोग गरेको हो ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको प्रदेश ५ शेयर लगानीकर्ता फोरमले राजधानी बाहिर बसेर शेयर बजार विकास र विस्तारको लागि काम गर्दै आएको सस्था हो । प्रत्यक वर्ष वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संघसंस्थालाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता प्रदेश पाँच शेयर लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीले जानकारी दिएका छन् ।

Prabhu
Crest

कार्यक्रममा फोरमको तर्फबाट अध्यक्ष कमल तिवारी, फोरम सचिव योगेन्द्रप्रसाद पन्थी, फोरम कोषाध्यक्ष दिनेश गैरे, फोरम सदस्यहरु मुकुन्द भट्टराई, प्रकाश भण्डारी र फोरमका सल्लाहकार गोपाल भट्टराई र राजेन्द्र पाण्डेको सहभागिता थियो । कार्यक्रममा फोरम अध्यक्ष कमल तिवारी र फोरम सल्लाहकार र राजेन्द्र पाण्डेले कार्यक्रममा आफ्ना केही विचार राखेका थिए ।

नेपाल अविनाश अनाथ आश्रमले बेसाहारालाई साहारा दिने, गाँस वास, कपासको व्यवस्था र शिक्षा ,रोजगारीको पनि सहयोग गर्दै आएको सस्था हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS