IME Life

आजसम्म शेयर किन्नेले यी तीन कम्पनीको प्रस्तावित लाभांश हात पार्न सक्ने

SPIL
NIC ASIA

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज अरुण भ्याली हाइड्रो, रिडी पावर कम्पनी र तारागाउँ रिजेन्सी होटेलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी ३ कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य रहने छन् ।

Prabhu
Crest

रिडी पावर कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४० प्रतिशत बोनश शेयर र २.१० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले माघ २९ गते नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सभा आह्वान गरेको छ ।

त्यस्तै, तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत ( लाभांश कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन ३ गते नेपाल पर्यटन बोर्डमा सभा आह्वान गरेको छ ।

त्यसैगरी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफा र सञ्चितीबाट हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत बोनश र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको छ । उत्त प्रस्ताव पारित गर्न कम्पनीले माघ २७ गते शुक्रबार नयाँ बानेश्वर स्थित इन्देरनी कम्प्लेक्समा सभा आह्वान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS