IME Life

कमोडिटी एक्सचेन्जको लाइसेन्स जारी गर्न नसक्ने धितोपत्र बोर्डले कारोबार गर्नेलाई दियो चेतावनी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अवैध रुपमा बस्तु तथा विनिमय बजार सञ्चालान गर्ने सञ्चालक तथा कारोबारीलाई चेतावनी दिएको छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ को दफा तीन बमोजिम अनुमति प्राप्त नगरी कसैले पनि बस्तु विनिमय बजार र सो सँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको र बोर्डले हालसम्म बस्तु विनिमय बजार र सो सँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनमति प्रदान नगरेको भन्दै बोर्डले यस्तो काम नगर्न सूचित गरेको छ ।

बोर्डले वस्तु विनिमय बजार संचालन गर्न कम्पनी संस्थापना गर्न पूँर्व स्वीकृतिका लागि निवेदन दिन पेश गर्न २०७९ असोज २ गते सूचना जारी गरेको थियो । तर सर्वोच्च अदालतले अल्पकालिन आदेश बमोजिम उक्त सूचना सँग सम्बन्धित सम्पुर्ण प्रकृयाँ स्थगित गर्न निर्देशन दिएको थियो । त्यस पछि बोर्डले धितोपत्र बजार सम्बन्धित कुनै पनि प्रकृयाँ अगाडी बढाउन पाएको छैन ।

Prabhu
Crest

ऐन आएको ५/६ वर्ष वित्नै लाग्दा पनि बोर्डले कमोडिटी एक्सचेन्जको लाइसेन्स आह्वान गर्न सकेको छैन । कमोडिटी एक्सचेन्ज सञ्चालहरु पछिल्ला समय पलायन हुनु पर्यो । यस क्षेत्रका सयौ कर्मचारीहरुले जागिर गुमाए । अझै पनि केहि समुह तथा व्यक्तिहरुले भित्र भित्रै विदेशी कमोडिटी एक्सचेन्ज मार्फत कारोबार गरिरहेका छन् । बोर्डले कयौ पटक यस्तो कारोबार नगर्न निर्देशन दिए पनि अनलाइनबाट कारोबार हुने भएकाले सम्बन्धित व्यक्तिहरुले आफुखुसी कारोबार गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS