Prabhu Life Ad Final

यूनियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

IME PAY

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीको ८ दशमलव ९७ प्रतिशत बोनश शेयरको मुल्य समायोजन पछि मूल्य ४७८ रुपैयाँ ११ पैसा कायम गरेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ५२१ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै नेप्सेले आज शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ९७ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

NCHL

उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ २६ गते साधारण सभा आयोजना गरेको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x