IME Life

अभिकर्ता इजाजत पत्र वितरणकाे अधिकार प्रादेशिक कार्यालयलाई दिने बीमा प्राधिकरणकाे तयारी

SPIL
NIC ASIA

काठमाण्डौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताकाे इजाजत पत्र प्रादेशिकरुपमा वितरण गर्ने तयारी गरेकाे छ । अहिले केन्द्रिकृतरुपमा प्राधिकरणकाे केन्द्रीय कार्यालयबाट मात्र इजाजत पत्र वितरण तथा नविकरणकाे कार्य हुँदै आएकाेमा प्राधिकरणले अब प्रदेशस्तरबाटै इजाजत पत्र नविकरण र नयाँ इजाजत पत्र वितरणकाे सेवा दिने भएकाे हाे ।

प्राधिकरणले सातवटै प्रदेशमा प्रादेशिक अवधारणा अन्तर्गत स्थापना गरेकाे प्रादेशिक कार्यालयहरुलाई अधिकार प्रत्यायाेजन गर्ने र ती कार्यालयहरुले नै नविकरण र नयाँ इजाजत पत्र जारी गर्ने सम्बन्धमा आवश्यक सेवा प्रवाह गर्नेछन् ।

Prabhu
Crest

यसबाहेक प्राधिकरणले बीमा कम्पनीका प्रादेशिक कार्यालयहरुलाई नै अभिकर्ताले नयाँ इजाजत पत्रका लागी परिक्षामा सहभागी हुन दिएकाे आवेदन जाँच गर्न र परिक्षण गर्न अधिकार प्रत्यायाेजन गर्ने तयारी गरिरहेकाे छ । यसअघि बीमा कम्पनीकाे प्रधान कार्यालयस्थित अभिकर्ता तालिम विभाग वा इजाजत विभागले अभिकर्ता इजाजत सम्बन्धी सबै सेवा सम्बन्धमा नियन्त्रण र समन्वय गर्दै आएकाेमा अब प्रादेशिक कार्यालयले समेत ती सेवा प्रवाह गर्नेछन् । नयाँ अवधारणासँगै अभिकर्ता तालिम विभाग इजाजत शाखा वा विभागकाे कामकाे चाप तुलनात्मकरुपमा घट्नेछ ।

प्राधिकरणले बीमा कम्पनीबाट प्राप्त हुने अभिकर्ता आवेदन सम्बन्धी सम्पूर्ण कागज प्रमाणकाे विश्वसनीयता परिक्षण गर्ने पूर्ण जिम्मेवारी बीमा कम्पनीमा नै निहित गरेर आवेदन स्वीकृतिकाे प्रकृयालाई छरिताे बनाउन खाेजेकाे छ । बीमा कम्पनीबाट अभिकर्ता इजाजत पत्र पाेर्टल मार्फत् प्राप्त प्रत्येक कागज प्रमाणहरुलाई अहिले प्राधिकरणकाे इजाजत महाशाखाले एक एक गर्दै रुजु गर्ने र कुनै त्रुटी देखिए सच्याउन वा दस्तावेज पुनः प्रविष्ट गर्न निर्देशन दिने गरेकाे छ ।

प्राधिकरणले हालसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशमा प्रादेशिक कार्यालय स‌ंचालनमा ल्याई सकेकाे छ । यसबाहेक लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर १ मा चाँडै नै औपचारिकरुपमा कार्यालय स‌ंचालनमा ल्याउने तयारी गरेकाे छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS