IME Life

आत्मदाह गरेका आचार्यको परिवारले ५० लाखको बीमा दाबी पाउने, प्रकृया अगाडी बढाउन कम्पनीको आग्रह

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ वानेश्वरको संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट लगभगत ५० लाख रुपैयाँ हाराहारीको दाबी भुक्तानी पाउने भएका छन् । आचार्यले २०७७ सालमा ५० लाख रुपैयाँ बीमाङ्कको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेका थिए ।

यद्यपी आचार्यले आफ्नो सुसाइड नोटमा ‘बिर्तामोड झापा शाखा का रुद्र निरौला, बिकास श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेलहरु जसले बीमा गर्दिन भन्दा भन्दै जबरजस्ती एक करोडको बीमा गराएर ४/५  लाख असुले ।’ भनेका छन् ।

Crest

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालका अनुसार आचार्यले बिर्तामोड झापा शाखाबाट ५० लाख रुपैयाँ बीमाङ्क बराबरको पोलिसी खरिद गरेका थिए । उनले भने ‘सामाजिक सञ्जालमा एक करोड भनिए पछि हामीले पोलिसी फाइल हेर्दा ५० लाख रुपैयाँको बीमा गरिएको पाइएको छ । सायद उहाँलाई यस विषयमा पुर्ण जानकारी थिएन ।’

आचार्यले पोलिसी खरिद गरे पछि लगातार दुई किस्ता बापतको बीमा शुल्क भुक्तानी गरेका थिए । तर पछिल्लो किस्ता बापतको बीमाङ्क रकम भुक्तानी गरेका थिएनन् । समयमा तेस्रो किस्ता भुक्तानी नगरेकाले उनको यो पोलिसी व्यतित बीमालेखमा गणना भइकेको थियो ।

नियम अनुसार बीमा पोलिसी खरिद गरेको दुई वर्षसम्म बीमितले आत्महत्या गरेमा दाबी भुक्तानी पाइदैन । तर पोलिसी खरिद गरेको तीन वर्ष पुगेकोले उनि दाबी पाउन योग्य भएको अर्यालले जानकारी दिए । आचार्यले धनफिर्ता ‘मनिव्याक’ पोलिसी खरिद गरेको हुँदा उनले वार्षिक रुपमा बीमाङ्कको ५ प्रतिशतका दरले दाबी पाउने व्यवस्था छ । सोहि अनुसार उनले यस अगाडी २ पटक ५ प्रतिशतकादरले फिर्ता पाइसकेका छन् । यस हिसावले उनले ५ लाख रुपैयाँ फिर्ता पाइसकेका छन् । तेस्रो किस्ता वापतको बीमा शुल्क चाही उनले नतिरेको कारण सोही तेस्रो वर्षको बीमा शुल्क रकम भने घट्छ । अरु बाँकी रकम भने उनको परिवारलाई कम्पनीले भुक्तानी गर्नेछ ।

कम्पनीले विर्तामोड शाखाबाट पोलिसी फाइल मगाएको छ । उक्त पोलिसी फाइल आइसके पछि मात्रै उनको परिवारले ठ्याक्कै कति रुपैयाँ पाउने भन्ने विषयमा जानकारी गराउनेछ । कम्पनीले दाबी भुक्तानी गर्दा नियम अनुसार आचार्यले भुक्तानी नगरेको तेस्रो वर्षको बीमा शुल्क घटाउनेछ । त्यस पछि बीमित आचार्यले तिरेको बीमाङ्क रकमको बोनस सहित जोडिनेछ । यस आधारमा आचार्यको परिवारले ५० लाख हाराहारीकै दाबी पाउने देखिन्छ ।

बीमा पोलिसीमा बीमित आचार्यले हकवालाको नाम आफ्नै श्रीमती नानुका अधिकारी राखेका थिए । अव आवस्यक कागजपत्र पुर्याएर दाबी भुक्तानीको प्रकृया पुरा गर्ने वित्तीकै उनले दाबी पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जानकारी दिए ।

आचार्यले गत मंगलबार फेसबुकमा आफुले आत्महत्या गर्नुको कारण सहित सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट सार्वजनिक गरेका थिए । सुसाइड नोट सार्वजनिक गरेर उनले नयाँ बानेश्वर स्थित संघीय संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका थिए । उनको बुधबार विहान उपचारको क्रममा ज्यान गएको थियो ।

इलाम स्थायी घर भएका आचार्य उद्यमी, व्यवसायी थिए । व्यवसायका क्रममा आइपरेका अनेकौ समस्यालाई सार्वजनिक गरेका आचार्य प्रति सबैले सहानुभुती राख्दै आएका छन् । आफ्नो असफलताको कथामा उनले सन नेपाल लाइफमा बीमा गर्दा बिर्तामोड झापा शाखाका रुद्र निरौला, बिकास श्रेष्ठ, राम प्रसाद घिमिरे, प्रकाश पौडेलहरुले आफुलाई जवरजस्ती बीमा गरिदिएको उल्लेख गरेका छन् । उनले जवरजस्ती एक करोडको बीमा गराएर ४/५ लाख रुपैयाँ असुलेको आरोप लगाएका छन् । उनले बीमा कम्पनीका कर्मचारी र बीमितलाई यस्तो आरोप लगाए पनि उनको श्रीमती नानुका अधिकारीले लगभग ५० लाख रुपैयाँ दाबी पाउने भएकी छिन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%

खुसी

0%

दु :खी

12%

अचम्मित

3%

उत्साहित

3%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS