IME Life

नतिजामुखि काम गर्न गृहमन्त्री लामिछानेलाई सकस

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले नतिजामुखि काम गर्न अप्ठेरो भएको बताएका छन् । मंगलबार संसदमा बोल्दै गृहमन्त्री लामिछानेले जताततै आफ्नो मान्छे सिफारिस गर्ने प्रवृत्ति अन्त्य नगरेसम्म प्रणालीमा सुधार नहुने र नतिजामुखि काम गर्न नसकिने बताएका हुन् ।

पुराना दलले राज्यको संयन्त्रलाई थिलथिलो बनाएर राखेकोले काम गर्नेहरुलाई कानून पालना गराउने भन्दा आदेश पालना गर्न बाध्य पारिएका छन् । तसर्थ जनताले चाहेको र आशा राखे अनुरुप काम गर्न अहिलेका राज्य संयन्त्रलाई सुधारको आवश्यक परेकोले आफू निरन्तर लागि परिरहेको बताए ।

Crest

गृहमन्त्री लामिछानेले भने, ‘ती राज्यका मान्छेहरुबाट प्रणाली सुधारेर सिष्टममा काम गर्न दिने कुरालाई तपाई हामी प्रतिबद्ध हुन सक्यौं भने पनि आधा काम सकिनेछ । र, आम नागरिकले महसुस गर्नेछन् । चाहे त्यो क्रसरको विषयमा होस् चाहे फरार सांसदका विषयमा हुन, चाहे आन्दोलनरत अधिकारकमीहरुका कुरा हुन्, गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको छ । नतिजा आउन समय लाग्ने भएको छ भने राज्यको संयन्त्रलाई चलाइएको छ, गिजोलिएको छ, तिनलाई ट्रयाकमा ल्याउन नसक्दा ढिलो भएको हो, त्यस्ता ठाउँलाई ठीक गरेर केही दिनभित्र निर्णयमा पुग्छौं।’

यसैगरी, सबैलाई आफ्नै सिडिओ, डिएसपी र एसपी चाहिएको छ । यसरी सबैतिर आफ्नो चाहिने प्रबृत्ति हाबी गर्दा प्रणाली सुधारमा तपाइहरुको योगदान के भन्दै रोष्टमबाट उने प्रश्न गरेका थिए । वहसको विषयलाई केन्द्रित नबाउँदा नयाँ जोश र जाँगरका साथ साँसद भवन छिरेका नयाँ सांसद र जनतालाई सांसदहरुको कुरा सुन्न उत्साह नहुने उनले बताए ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS