Prabhu Life Ad Final

आचार्य दम्पत्तिले दिए छोराको जन्मदिनमा ५० लाखको बीमा पोलिसी उपहार

IME

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच कावासोती नवलपरासीका हरिलाल आचार्य र विष्णु आचार्यले आफ्नो कान्छो छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । आमा बुबाले आफ्नो परिवारको कान्छो सन्तानको रुपमा रहेको छोरालाई जन्मदिनको अवसर पारी ५० लाखको बीमा पोलिसी उपहार स्वरुप हरुतान्तरण गरेका हुन् ।

NLIC

उनीहरुले एलआइसी नेपालको जीवन आनन्द जीवन बीमा पोलिसी खरिद गरेका हुन् । आज गरेको बीमाले सेभिङका साथै, जोखिम बहन र भोलिको भविष्य सुरक्षित गर्ने भएकाले आचार्य दम्पत्तिले आफ्नो छोरालाई बीमा पोलिसी उपहार दिएका हुन् । उनीहरु कामको सिलसिलामा वैदेशिक रोजगारीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

46%

खुसी

0%

दुःखी

8%

अचम्मित

38%

उत्साहित

8%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x