IME Life

चार बीमा कम्पनीले बुझाए एक्चुअरियल मूल्याङ्कन, मेट लाइफ र एशियन पछि कसको आउँदैछ बोनस दर?

SPIL
NIC ASIA

काठमाडौं । चार जीवन बीमा कम्पनीले नेपाल बीमा प्राधिकरणमा बीमा‌ंकी मूल्याङ्कन(एक्चुअरियल भ्यालुएशन) स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेका छन् । प्राधिकरणका अनुसार अहिलेसम्म मेट लाइफ, एशियन लाइफ, आइएमई लाइफ र सूर्यज्योति लाइफले गत आर्थिक वर्ष २०७८/७९ को बीमांकीय मूल्याङ्कन प्रतिवेदन पेश गरेका छन् ।

चार कम्पनीमध्ये मेट लाइफ र एशियन लाइफ सहित दुई वटा कम्पनीको बीमांकी मूल्याङ्कन यसअघि नै स्वीकृत भइसकेको छ । उनिहरुले बीमितको लागि बोनसदर समेत सार्वजनिक गरिसकेका छन् । अब आइएमई लाइफ र सूर्यज्योति लाइफले नेपाल बीमा प्राधिकरणबाट बीमांकीय मूल्याङ्कन स्वीकृत भए पछि बीमितका लागि बोनश दर घोषणा गर्नेछन् ।

Prabhu
Crest

पाैष महिनाकाे पहिलो साता मर्जर सम्पन्न गरेको सूर्य र ज्योति लाइफले समेत गत आर्थिक वर्षको छुट्टा छुट्टै बीमांकीय मूल्याङ्कन तयार पारेर प्राधिकरणमा पेश गरेका छन् । मर्जर हुनु भन्दा अगाडी साबिकका दुई बीमा कम्पनीहरुले छुट्टा छुट्टै लेखापरीक्षण प्रतिवेदन पेश गर्नुपर्नेछ । एकिकृत कारोबार पछिको लेखा मात्रै संयुक्त रुपमा रहनेछ । यस हिसाबले अहिलेसम्म ५ वटाले बीमा‌ंकीय मूल्याङ्कन पेश गरेको देखिन्छ तर एकिकृत कारोबार नै भइसकेको अवस्थामा छुट्टा छुट्टै गणना हुँदैन ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को हकमा राष्ट्रिय बीमा संस्थान बाहेक सबैले एक्चुअरियल मूल्याङ्कन पेश गरिसकेका छन् । तर प्रभु लाइफ र महालक्ष्मी लाइफको बीमांकीय मूल्याङ्कनका क्रममा समस्या देखिए पछि पुनः मूल्याङ्कन गर्नुपर्ने भएको छ । यस बाहेक सबैले बीमांकीय मूल्याङ्कन गर्नुका साथै नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति समेत पाइसकेका छन् ।

जीवन बीमा कम्पनीहरुलाई बीमांकीय मूल्याङ्कनमा धेरै नै समस्या पर्दै आएको छ । नेपालमा एक जना पनि अनुभवी बीमांकी नहुँदा बीमा कम्पनीहरुले व्यवस्थापन गर्न सकिरहेका छैनन् । विदेशी बीमांकीसँग भर पर्नु पर्दा कम्पनीको तालिका अनुसार काम हुन सकेको छैन । केहि जीवन बीमा कम्पनीहरुले बीमांकीका लागि महँगाे शुल्क व्यहाेर्नु परिरहेकाे छ। नेपालमा बीमांकी विज्ञान अध्ययनरत विद्यार्थीलाई नै जीवन बीमा कम्पनीहरूले आन्तरिक तयारी गर्न लगाउने अभ्यास शुरू भइसकेको छ ।

भारतमा मात्रै निर्भर रहँदै आएका जीवन बीमा कम्पनीहरु बीमांकीकाे खोजिमा पछिल्लाे समयमा विश्वका अन्य मुलुकमा जान थालेका छन् । यसले पनि यस वर्ष केहि सहजता देखिएको छ । भारतमा रहेका बीमांकीले नेपाली बीमा कम्पनीहरुलाई कम प्राथमिकता दिदा यस्तो समस्या आएको हो ।

चालु आर्थिक वर्षदेखि जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिना भित्र जसरी पनि बीमांकीय मूल्याङ्कन प्रतिवेदन तयार पार्न लगाएर लेखापरीक्षण प्रतिवेदन समेत तयार पारिसक्नु पर्ने कानूनी बाध्यता छ । यदि आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसकेमा धेरै ठूलो रकम जरिवाना तिर्नुपर्छ ।

गत कार्तिक २२ गतेदेखि लागू भएको बीमा ऐन २०७९ मा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा लेखापरीक्षण प्रतिवेदन पेश गर्नु पर्ने व्यवस्था छ । तर अहिले बीमा कम्पनीहरुले तयार पार्नु पर्ने लेखापरीक्षण प्रतिवेदन ऐन लागू हुनु पूर्वकाे आर्थिक वर्षको भएको हुँदा नेपाल बीमा प्राधिकरणले केहि लचकता अपनाउने देखिन्छ । एक पटकका लागि गत आर्थिक वर्षको लेखापरीक्षण समयमै पेश गर्न आह्वान गर्ने र अर्को वर्षदेखि भने समयमा नबुझाउनेलाई ऐन अनुसार कारवाही गर्ने योजनामा प्राधिकरण रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS