IME Life

बीमालाई निरुत्साहित गर्दै राष्ट्र बैंक, व्याजदर घटाएर लाखौ बीमितको प्रतिफल खोस्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयले बीमालाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गर्ने नीति लिएका छन् । राष्ट्र बैंकले नीतिगत रुपमै व्यक्तिगत निक्षेपको तुलनामा संस्थागत निक्षेपको व्याजदर २ प्रतिशत कम गर्दा सबैभन्दा धेरै बीमा कम्पनीहरु प्रभावित भएका हुन् । आजको दिनमा एउटा बीमित व्यक्तिगत रुपमा बैंकमा पैसा जम्मा गर्न गएमा ११ प्रतिशत व्याज पाउछ । तर उसले बीमा कम्पनीलाई बुझाएको बीमा शुल्कको भने जम्मा ९ प्रतिशत मात्रै व्याज आउछ ।

एकातिर सरकारको नीति तथा कार्यक्रम र बजेटले बीमाको पहुँच बढाउने नीति लिइरहेको छ भने अर्को तर्फ नेपाल राष्ट्र बैंक सर्वसाधारण बीमितको निक्षेपलाई व्याजदर घटाएर बीमितहरुको प्रतिफलमा लात हानिरहेको छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुको ७७ प्रतिशत भन्दा धेरै रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ । यो रकम बीमा कम्पनीको मात्रै होइन । यो लाखौ बीमितहरुसँग संकलन गरिएको बीमा शुल्क हो । बीमा कम्पनीहरुले बीमितसँग संकलन गरेको बीमा शुल्क जीवन बीमा कोषमा जम्मा गरेका हुन्छन् । यहि कोषको रकमलाई विभिन्न क्षेत्रमा लगानी गरेर बीमा कम्पनीहरुले बीमितलाई हरेक वर्ष बोनस प्रदान गर्छन् ।

बीमा कम्पनीहरुले जति धेरै आम्दानी गर्न सक्छन् बीमितलाई त्यति नै राम्रो प्रतिफल दिन सक्छन् । तर राष्ट्र बैंकले संस्थागत निक्षेपको व्याजदर व्यक्तिगत निक्षेपको व्याजदर भन्दा २ प्रतिशत विन्दु कम हुनु पर्ने व्यवस्था गरिदिएको छ । बीमा कम्पनीहरुले लाखौ व्यक्तिहरुसँग बीमा शुल्क संकलन गरेका हुन्छन् । त्यसैले बीमा कम्पनीले जम्मा गर्ने रकमलाई संस्थागत रुपमा हेर्नु गलत हो । हाल बीमा कम्पनीहरुले ९६ लाख १९ हजार वटा जीवन बीमालेख जारी गरेका छन् । अहिले बैंकिङ प्रणालीमा गएको साढे ४ खर्ब रुपैयाँ यहि बीमितहरुको हो । अझ बीमा कम्पनीहरुको कुल लगानी लगभग ५ खर्ब ८० अर्ब हाराहारी छ । यो रकम प्रत्यक्ष अप्रत्यक्ष रुपमा बैंकिङ प्रणालीमै आउछ ।

जीवन बीमक संघका पदाधिकारीहरुले पटक पटक नेपाल राष्ट्र बैंकका पदाधिकारीलाई भेटेर बीमा कम्पनीको मुद्दती निक्षेपमा व्याजदर नघटाउन आग्रह गरिरहेका छन्। उनिहरुले बीमा कम्पनीले जम्मा गर्ने मुद्दती निक्षेपको रकम विशुद्ध रुपमा कम्पनीको मात्रै नभएर यो व्यक्तिगत रुपमा लाखौ बीमितहरुसँग संकलन गरिएको रकम भएको भन्दै जानकारी समेत गराएका थिए ।

बीमक संघले अघिल्लो साता नव नियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई पनि भेटेर यो विषयमा जानकारी गराएका थिए । तर पौडेलसँगको भेट पछि पनि राष्ट्र बैंकले उक्त व्यवस्थामा संशोधन गर्ने छाटा देखाएको छैन ।

बाणिज्य बैंकहरुले माघ महिनाका लागि जारी गरेको निक्षेपको व्याजदरमा व्यक्तिगत निक्षेप तर्फ ११ प्रतिशत र संस्थागत निक्षेप तर्फ ९ प्रतिशतमा झारेका छन् । जवकी बीमक संघले पुस महिनामै व्याजदरका विषयमा संबोधन गर्न अनुरोध गरेका थिए ।

बीमा कम्पनीहरुले बैंकहरु सँग अधिकतम व्याज लिन अस्वस्थ प्रतिस्पर्धा गरेको भन्दै नेपाल राष्ट्र बैंकले व्याजदरमा अंकुश लगाइदिएको हो । यहाँ राष्ट्र बैंकले के बुझ्न सकेन भने ‘बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा जम्मा गर्ने पैसा कम्पनीको होइन । यो लाखौ बीमितहरुले हरेक महिना संकलन गर्ने निक्षेप हो ।’ बैंकहरुले अल्पकालिन निक्षेप लिएर दीर्घकालिन क्षेत्रमा कर्जा प्रवाह गर्दा समय समयमा तरलता अभावको समस्या पर्ने गरेको छ । निक्षेप र कर्जा विस्तारको मिसम्याचका कारण सिर्जना भएको तरलता अभावको अवस्थालाई बीमा कम्पनीहरुले धेरै हदसम्म समाधान गरिदिएका छन् । यसरी दीर्घकालिन स्रोत जुटाउने बीमा कम्पनीको निक्षेपलाई निरुत्साहित गर्दा यसले भोलिका दिनमा अझ ठुलो समस्या निम्त्याउन सक्ने विश्लेषकहरु बताउछन् ।

यदि बैंकहरुले प्रतिस्पर्धी बजारमा कम व्याजदर दिदै जाने हो भने बीमा कम्पनीहरुले बाध्य भएर विस्तारै विस्तारै लगानीका लागि अन्य बाटो खोज्न थाल्ने छन् । यो भन्नुको मतलब बैंक तथा वित्तीय संस्थाको निक्षेप घट्दै जानु हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुले बाणिज्य बैंक विकास बैंक र फाइनान्सहरुको मुद्दती निक्षेपमा साढे ४ खर्ब भन्दै धेरै लगानी गरेका छन् । आजका दिनमा बैंक वित्तीय संस्थाहरु सँग ५३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यस हिसावले आजको दिनमा बीमा कम्पनीहरुको मुद्दती निक्षेपको हिस्सा ९ प्रतिशत हाराहारी रहेको छ ।

पछिल्ला दिनमा बैंकहरुले मुद्दती निक्षेपको स्किममा बीमालाई जोडेर ५/६ गुणा भन्दा धेरै प्रतिफल दिने स्किमले समग्र बीमा क्षेत्रलाई नै निरुत्साहित पारिरहेको छ । एकातिर बैंकहरु आफैले बीमा कम्पनीहरुले बिक्री गर्ने जस्ता पोलिसी बनाएर निक्षेप तानिरहेका छन् । अर्को तर्फ बीमा कम्पनीहरुले पाउने व्याजदर घटाइरहेका छन् ।

यहि हिसावले व्याजदर घटाउदै लैजाने हो भने आगामी वर्षमा बीमितले पाउने बोनसदरमा भारी गिरावट आउछन् । बोनसदरमा गिरावट आउदा बीमितहरुको बीमा प्रति नै आकर्षण हुँदैन । उनिहरुले बढि मुनाफा आउने हिसावले हेर्छन् । बीमाबाट राम्रो प्रतिफल नआउने वित्तीकै उनिहरुको जोड बैंकको मुद्दती निक्षेपमै हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

71%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS