IME Life

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने नवनियुक्त स्वास्थ्यमन्त्री गिरीको प्रतिवद्धता

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरीले पदभार ग्रहण लगत्तै सबै जनतालाई गुणस्तरीय सेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । गिरीले सबै नागरिकहरुलाई गुणस्तरिय सेवा लिनको लागि स्वास्थ्य बीमाको कार्यक्रम प्रभावकारी बन्न नसकेको भन्दै यस विषयमा आफुले गम्भिरताका साथ हेर्ने बताएका छन् ।

स्वास्थ्य बीमामा सहभागी भइसकेका नागरिकको नविकरण नहुने, संख्या घट्दै जाने अनेकौ किसिमका समस्याहरु देखिएको उनले बताए । यसको प्रमुख कारण के हो, यसका अप्ठ्यारो र समस्या कहाँनेर परेको हो त्यतातर्फ गम्भिरताका साथ हेरिने र यसलाई अझै फराकिलो बनाएर लैजाने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । सबै नागरिकले स्वास्थ्य सेवा पाउने सुनिश्चिता गर्ने उनको अठोट छ । उनले पदभार ग्रहण पश्चात अहिले भएका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनु पर्नेमा जोड दिएका छन् ।

Crest

त्यस्तै नवनियुक्त स्वास्थ राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएकी छिन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS