Prabhu Life Ad Final

रक्षा भुसाल १८ वर्षकै उमेरमा एमडिआरटीमा छनोट

IME

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर रक्षा भुसाल १८ वर्षको उमेरमा एमडिआरटीमा छनोट हुन सफल भएकी छिन् । कम्पनीको शाखामा कार्यरत  एजेन्सी म्यानेजर रक्षा भुसाल एमडिआरटी २०२३’ को लागि योग्य भएकी हुन् ।

रक्षा भुसालले छोटो समयमै आफ्नो ब्यबसायिक लक्ष्य हासिल गरेकी हुन् । उनी अहिले बिबिएस प्रथम वर्षमा अध्ययनरत छिन् । सानैदेखि अत्यन्तै मिहेनती, लगनशिल र नम्र स्वभावकी रक्षा भुसाल मिहेनत गरे के हुदैन र भन्ने कुराकी उदारणीय पात्र पनि हुन् । विद्यार्थी काल देखिनै जीवन बीमामा लागेर पढ्दै र कमाउदै गर्न सकिन्छ भन्ने कुराको दरिलो उदाहरण उनी बनेकी छन् ।

NLIC

अभिकर्ताहरुको लागी सम्मानको रुपमा हेरिने मिलियन डलर राउण्ड टेबल, एमडिआरटिलाई प्रतिष्ठाको रुपमा लिईन्छ । १९२७ मा स्थापित संस्थाको मुख्य कार्यालय अमेरिकामा छ । बिश्वभरीका पेसेबर अभिकर्ताहरुले बर्षभरी बीमा ब्यबसायबाट प्राप्त प्रथम बीमा शुल्क तथा आर्जित कमिसनको आधारमा एमडिआरटि छनौट हुन्छ । छनौट पस्चात अन्तरार्ष्ट्रिय मञ्चमा नेपाल प्रतिनिधी भई उपस्थित हुन पाईने भएकाले पनि थप उत्साह बढेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

63%

खुसी

0%

दुःखी

38%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x