IME Life

‘एक अभिकर्ता एक बीमा कम्पनी’को व्यवस्थालाई सफ्टवेयरबाटै व्यवस्थित गरिदै, माघ ५ गतेदेखि सुरु

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘एक अभिकर्ता एक बीमा कम्पनी’को कानुनी व्यवस्थालाई सफ्टवेयर प्रणालीबाटै व्यवस्थित गर्ने भएको छ । यसका लागि प्राधिकरणले अहिले भइरहेको अभिकर्ताको सफ्टवेयरलाई परिमार्जन गरिरहेको छ ।

अहिले परिमार्जन गरिएको सफ्टवेयर प्रणालीमा सम्पुर्ण बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताको व्यक्तिगत विवरण अपलोड गर्नु पर्ने भएको छ । यस अगाडी बीमा कम्पनीहरुले दिएका अभिकर्ताको विवरणको फण्टमा एकरुपता छैन । अर्को तर्फ पुराना अभिकर्ताको व्यक्तिगत विवरण पनि प्राधिकरणको अभिलेखमा छैन ।

Prabhu
Crest

अहिलेकै प्रणालीमा पनि अभिकर्ताको नाम नेपालीबाट छ । नेपाली नामबाट फिल्टर गर्न समस्या भए पछि प्राधिकरणले अहिले तयार पारेको सफ्टवेयर प्रणालीमा अभिकर्ताको नाम अंग्रेजीबाट पनि अपलोड गर्नु पर्ने व्यवस्था मिलाएको छ ।

अहिले तयार पारेको सफ्टवेयरमा पुराना अभिकर्ताको अभिकर्ता लाइसेन्स समेत अपलोड गर्नु पर्ने व्यवस्था छ । जसमा अभिकर्ताको नागरिकता नम्बर, प्यान नम्बर उल्लेख गर्नु पर्छ । यो प्रणाली सफ्टवेयर डेभलपरले यहि माघ २ गतेभित्र ह्याण्ड ओभर गर्ने योजना छ । यदि समयमै सफ्टवेयर पाउन सकियो भने यहि माघ गते नयाँ प्रणालीलाई माघ ५ गतेदेखि सुभारम्भ गर्ने योजना प्राधिकरणको छ ।

बीमा कम्पनीहरुले उपलब्ध गराएका यस अगाडीका विवरणमा एकरुपता नभएकोले सफ्टवेयरबाट सजिलै सम्पुर्ण अभिकर्ताको विवरण लिन हेर्न मिल्ने बनाउनका लागि विवरण माग्ने तयारी गरेको छ । कम्पनीहरुले प्राधिकरणलाई बुझाएको अभिकर्ताको विवरणमा विभिन्न किसिमका नेपाली फन्टमा नाम रहेको छ । यहि नामलाई प्राधिकरणले अंग्रेजीमा राख्दा गल्ति हुने तथा एकरुपता नहुने भन्दै नेपाली र अंग्रेजी दुबैबाट नाम सहितको विवरण भर्न आह्वान गर्न थालेको हो ।

बीमा कम्पनीहरुले यस्तो विवरण अपलोड नगरेसम्म आगामी वर्षको लागि नविकरण नै नहुने बीमा प्राधिकरणका सहायक निर्देशक तथा अभिकर्ता विभागका प्रमुख सम्भु प्रसाद मिश्रले जानकारी दिए । अहिले प्राधिकरण सँग भएको विवरण अपलोड गर्न भोलिका दिनमा थप समस्या आउने देखिए पछि यस्तो गर्न थालेको हो । यसले अभिकर्ताको विवरण पनि पुर्ण रुपमा डिजिटलाइज हुने मिश्रको तर्क छ ।

कम्पनीहरुले यस्तो तथ्याङ्क अहिले विद्यमान कायम रहेका अभिकर्ताको विवरण अपलोड गरे पुग्छ । यसो गर्दा बीमा प्राधिकरणको सफ्टवेयरले नै डुब्लिकेसन पत्ता लगाउनेछ । सबै बीमा कम्पनीहरुले आ-आफ्ना अभिकर्ताको सम्पुर्ण विवरण इन्ट्रि गर्ने वित्तीकै आगामी चैतमा आगामी तीन वर्षका लागि लाइसेन्स नविकरण गर्ने वेलामा प्रणालीले नै डुब्लिकेसन देखाइदिनेछ ।

अर्को तर्फ अभिकर्ताको विवरण अपलोड नभइ अर्को तीन वर्षका लागि नविकरण समेत नहुने प्राधिकरका मिश्रले जानकारी दिए । आगामी तीन वर्षको अभिकर्ता नविकरणको आधार नै यहि प्रणाली हुने भएकाले सबैभन्दा पहिला बीमा कम्पनीहरुले अभिकर्ताको विवरण अपलोड गर्नु पर्नेछ ।

जव अभिकर्ताले लाइसेन्स नविकरण गर्न प्रणालीमा आफ्नो नाम र विवरण अपलोड गर्छन् तव उनिहरुले आफु संलग्न रहेको बीमा कम्पनी डिस्प्लेमा देख्न पाउछन् । यस्तो अवस्थामा प्रणालीबाटै बीमा ऐन २०७९ अनुसार तपाईले कुनै एउटा बीमा कम्पनीमा मात्रै अभिकर्ताको काम गर्न पाउनुहुनेछ भनेर जानकारी दिइन्छ । सो जानकारी सँगै अभिकर्तालाई कुनै एउटा कम्पनी छान्ने अवसर पनि प्रदान गरिन्छ ।

यसरी कुनै एउटा कम्पनी छान्ने वित्तीकै अभिकर्ताले ओटिपी कोड प्राप्त गर्ने व्यवस्था गरिन्छ । उक्त कोड इन्ट्रि गरे पछि मात्रै नविकरणको बाँकी प्रकृयाँ अगाडी बढ्ने व्यवस्था मिलाइने भएको छ । प्राधिकरणले आगामी माघ ५ गतेदेखि यो प्रणाली सुचारु गर्ने योजना बनाएको छ ।

माघ ५ गते सफ्टवेयर लन्च हुने वित्तीकै बीमा कम्पनीहरुलाई अभिकर्ताको विवरण भर्न केहि समय दिइनेछ । कम्पनीहरुले उक्त विवरण भरेकै आधारमा आगामी चैत मसान्त भित्र अभिकर्ता लाइसेन्स नविकरण हुनेछ । यस भन्दा अगाडी प्राधिकरणले सम्पुर्ण बीमा कम्पनीहरुलाई बोलाएर प्रणालीको जानकारी गराउने छ । सफ्टवेयर डेभलपरले माघ दुई गते प्राधिकरणलाई ह्याण्ड ओभर गर्नेछ । त्यस पछि कम्पनीहरुलाई पत्राचार गरेर विवरण भर्न आह्वान गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

39%

खुसी

56%

दु :खी

0%

अचम्मित

6%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS