IME Life

एमडिआरटी २०२४ को व्यवसायिक लक्ष्य बढ्यो, कति प्रिमियम संकलन गर्नु पर्ला ? यस्तो छ टार्गेट

SPIL
NIC ASIA

काठमाडौं । सन् २०२४ मा एमडिआरटी बन्नका लागि व्यावसायिक लक्ष्य बढेको छ । मिलियन डलर राउण्ड टेबल ‘एमडिआरटी’ बन्नका लागि अव नेपालीहरुले न्युनतम पनि ४१ लाख ७१ हजार ५०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्नेछ ।

यसका लागि उनिहरुले १३ लाख ९० हजार ५०० रुपैयाँ कमिशन आर्जन गरेको हुनु पर्ने एमडिआरटी निर्णायक समितिले जनाएको छ । त्यस्तै एमडिआरटी ‘इन्कम’ आम्दानी २४ लाख ८ हजार ३०० रुपैयाँ हुनुपर्नेछ । यो टार्गेट चालु अंग्रेजी वर्ष २०२३ का लागि हो । सन् २०२३ मा यस्तो लक्ष्य पुरा गर्ने बीमा अभिकर्ताले एमडिआरटी ग्लोबल कन्फ्रेन्समा भाग लिन पाउने छन् । अहिलेसम्म यसको भेन्यु भने तोकिएको छैन ।

Prabhu
Crest

त्यस्तै एमडिआरटी कोर्ट अफ दि टेबल ‘सिओटी’ मा योग्य हुनका लागि एक करोड २५ लाख १४ हजार ५०० रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्नेछ । त्यस्तै टप अफ दि टेबल ‘टिओटी’ मा योग्य हुनका लागि २ करोड ५० लाख २९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हुनु पर्नेछ ।

सन् २०२२ मा एमडिआरटी लक्ष्य पुरा गरेकाले आगामी अगष्ट २७ देखि सिंगापुरमा हुँदैछ । सन् २०२१ मा लक्ष्य पुरा गरेर अष्ट्रेलियामा आयोजना भएको ‘एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२२’ मा नेपालबाट उल्लेख्य मात्रामा सहभागिता थियो । तर अहिलेसम्म प्राप्त विवरण अनुसार सिङ्गापुरमा नेपालबाट धेरै ठुलो संख्यामा सहभागिता हुने देखिदैन ।

नेपालमा एमडिआरटी बन्नुलाई पनि प्रतिष्ठाकै विषयका रुपमा हेर्न थालिएको छ । एमडिआरटी बन्दा पुरा गर्नु पर्ने टार्गेटका लागि अभिकर्ताले सानोतिनो दुखः गरेर पुग्दैन । यसका लागि लगनशिलता, व्यावसायिक सिप, विषयवस्तु प्रतिको विज्ञताको पनि आवस्यक पर्छ ।

अझ सन् २०२३ का लागि टार्गेट पुरा गर्नु अभिकर्ताका लागि फलामको चिउरा चपाउनु जत्तीकै थियो । जीवन बीमा व्यवसायमा आएको मन्दीका कारण एकदमै कम अभिकर्ताले मात्रै एमडिआरटीको टार्गेट पुरा गरेका छन् । प्रारम्भिक विवरण अनुसार यस वर्षका लागि मुस्किलले ३/४ सय जनाले एमडिआरटीको लक्ष्य पुरा गरेको पाइएको छ ।

तर सन् २०२३ अभिकर्ताका लागि उपलब्धीपुर्ण हुने विश्लेषण गरिएको छ । नयाँ सरकार गठन सँगै अर्थतन्त्रमा केहि सुधारको संकेत देखा परेका छन् । अर्थतन्त्रमा सुधार आउने वित्तीकै यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव जीवन बीमा व्यवसायमा पनि पर्नेछ ।

त्यसमा पनि सन् २०२२ मर्जरको कारणले कम्पनीहरुमा खासै उत्साह देखिएन । सन् २०२३ मा धेरै वटा मर्जर सफल हुने देखिन्छ । मर्जर सफल हुने वित्तीकै बीमा कम्पनीहरु बजारमा थप आक्रामक हुनुपर्ने बाध्यता छ । मर्जर पछि बीमा कम्पनीहरुको क्यापिटल बढ्नेछ । क्यापिटल बढ्ने वित्तीकै कम्पनीहरुलाई व्यवसाय बढाउनु पर्ने दवाव सिर्जना हुन्छ । यसले पक्कै पनि बजार विस्तारमा केहि गति लिनेछ ।

मिलियन डलर राउण्ड टेवलको स्थापना सन् १९२७ मा भएको थियो । यसमा ७० भन्दा धेरै राष्ट्रबाट ५०० भन्दा धेरै जीवन बीमा कम्पनी तथा वित्तीय सेवा प्रदान गर्ने व्यवसायिक संघ संस्थाको संलग्नता रहेको छ । यसले हरेक वर्ष प्रोत्साहनमुलक कार्यक्रमको आयोजना गर्ने गर्छ । जसमा सहभागीहरुलाई व्यवसायिक नैतिकता, ज्ञान, सिप, सेवा र उत्पादकत्वका विषयमा मोटिभेसनल कार्यक्रमहरु हुन्छ ।

यस्तो सम्मेलन सबैभन्दा पहिला सन् १९२७ मा अमेरिकाको मेम्फिसमा भएको थियो । यो सम्मेलनमा एक मिलिडन डलरको व्यावसायिक लक्ष्य पुरा गर्ने ३२ जना व्यक्तिहरु सहभागी थिए । यो सम्मेलन हरेक वर्ष फरक फरक देशमा हुँदै आएको छ ।

एमडिआरटीले आयोजना गर्ने विभिन्न सम्मेलनमा सहभागिताका लागि हरेक वर्ष नयाँ नयाँ टार्गेट तय गर्ने गरेको छ । सन २०२२ मा नेपालका लागि एमडिआरटी बन्नका लागि ३४ लाख ९८ हजार रुपैयाँको टार्गेट पुरा गर्नु पर्ने व्यवस्था थियो । सन् २०२३ मा बढाएर ३७ लाख ९२ हजार पुर्याइयो र अहिले २०२४ का लागि ४१ लाख ७१ हजार रुपैयाँ तय गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

48%

खुसी

10%

दु :खी

5%

अचम्मित

38%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS