IME Life

प्राधिकरणले भुक्तानी सेवा प्रदायक थप्दै, अभिकर्ताले धेरै वटा अनलाइन माध्यमबाट शुल्क तिर्न पाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्युतीय भुक्तानी सेवा प्रदायक थप्ने भएको छ । हाल एनसिएचएलको कनेक्ट आइपिएस मार्फत मात्रै भुक्तानी हुँदै आएकोमा अव प्राधिकरणले यस्ता सेवा प्रदायकको संख्या थप्ने भएको हो ।

प्राधिकरणले आफ्ना सेवालाई प्रविधिमैधी बनाउँदै लैजानेक्रममा प्राधिकरणलाई बुझाउनु पर्ने शुल्कहरुलाई अनलाइन मार्फत गर्नका लागि इच्छुक विद्युतीय भुक्तानी सेवा प्रदायकहरुलाई पेमेन्ट गेटवे सेवा प्रदान गर्नका लागि आह्वान गरेको छ ।

Prabhu
Crest

प्राधिकरणले अनलाइन भुक्तानीका लागि आफ्नो प्रणालीमा जोडिनका लागि त्यस्ता सेवा प्रदायकहरुलाई दरखास्त पेश गर्न सूचना जारी गरेको छ । यसरी प्राधिकरणको विद्युतीय भुक्तानी सेवा प्रदायकमा जोडिनका लागि सम्बन्धित कम्पनीले आफ्नो संस्थाको दर्ता तथा नविकरण भएको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।

त्यस्तै सम्बन्धित कम्पनीले आफ्नो करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ । यसका साथै आफ्नो दररेट सहितको प्रस्ताव पेश गर्नु पर्नेछ । अन्य निकायहरुमा आवद्ध भएको विवरण पनि पेश गर्न सकिनेछ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय विद्युतीय भुक्तानीलाई प्रोत्साह गर्दै आएको छ । सोहि अनुरुप बीमा कम्पनीहरुले पनि विभिन्न विद्युतीय भक्तानी सेवा प्रदायकलाई आफ्नो प्रणालीमा जोडेर सहजै बीमा शुल्क भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएका छन् ।

बीमा प्राधिकरणले भने एउटा मात्रै प्रणालीलाई जोड्ना बीमक तथा अभिकर्ताले गुनासो गर्दै आएका छन् । एउटा मात्रै प्रणालीलाई आवद्ध गर्दा कतिपय अवस्थामा उक्त प्रणालीमा अवरोध आउदा भुक्तानी नै गर्न गाह्रो पर्ने गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS