IME Life

प्रखर अधिवक्ता कञ्चनकृष्ण न्यौपानेको अनुभव, लगानीकर्ता बढे शेयर मूल्य बढेन,कारोबारीको हाबीले बजार अस्थिर

SPIL
Sanima Reliance

काठमाडौं । पछिल्लो समय शेयर बजारमा आएको उतर चढावलाई गहिरोसँग अध्ययन गर्दै आएका छन् अधिवक्ता कञ्चनकृष्ण न्यौपाने । शेयर बजारमा मात्र नभइ उनी वकाल क्षेत्रमा पनि त्यस्तै सबल छन् । उनले न्याय क्षेत्रमा गरेका थुप्रै कामहरु छन् । जसले आफूलाई यो क्षेत्रमा संलग्न भएकोमा खुशी बनाएको छ । उनको विचार र काम सामाजिक सञ्जालमाभरी प्रशस्तै देख्न सकिन्छ ।

वि.स.२०३१ सालमा भक्तपुरको दधिकोटस्थित पिता अंगिराज न्यौपाने र माता सावित्रि न्यौपानेको कोखबाट कञ्चनकृष्ण न्यौपानेको जन्म भएको थियो । उनका पिता प्रख्यात जोतिसि समेत हुन् । कञ्चनले सुरुवाति अध्ययन दधिकोटस्थित शंकर नेशनल स्कुलमा अध्ययन गरेका थिए भने अरुणीको माध्यामिक विद्यालय दाप्चेबाट २०४६ सालमा एसएलसी गरेका थिए । माध्यामिक तहसम्मको अध्ययन भक्तपुरबाट गरेका उनले आइएल र बिएल भने काठमाडौंको प्रदर्शनीमार्गस्थित रहेको ल क्याम्पसबाट गरेका थिए । उनको अध्ययनकै कुरा गर्नुपर्दा उनले त्रिभुवन विश्वविद्यलयबाट राजनितिक शास्त्रमा स्तानकोत्तर गरेका थिए । साथै विजनेश ल मा एलएलएम गरेका छन् ।

Crest
Meta Holidays

उनको वर्तमान समय भने वकालत र शेयर बजारमा नै वित्ने गरेको छ । उनको शेयर बजारको कारोबारलाई नजिकबाट नियालेकी उनकी श्रीमती पार्वती न्यौपाने पनि शेयर बजारमा चासो राख्ने गर्छिन् । अधिवक्त न्यौपानेको एक छोरा र एक छोरी रहेका छन् ।

शेयर बजारको यात्रा
मध्यम वर्गीय परिवारमा जन्मेका कञ्चनकृष्णले आफूलाई छिट्टै शेयर बजारमा घुलमिल गराएका थिए । २०४९ सालमा कलेज सकेसँगै उनी शेयर बजारमा सक्रिय भएका हुन् । उनले कानून सम्बन्धितको अध्ययनसँगै विजनेशको अध्ययन पनि गरेकोले यस क्षेत्रमा जम्न थप सहयोग मिलेको थियो । उनले सर्वप्रथम २०५१ सालमा हिमालयन बैंक र निर्धन लघुवित्त वित्तीय संस्थानको शेयर खरिद गरेका थिए । सो समय बजारमा शेयर सम्बन्धी चासो राख्ने कमै थिए । सिमित व्यक्तिहरु मात्रै शेयर लगानीमा ध्यान दिने भएकोले सजिलै लगानी गर्न सक्ने अवस्था थियो । उनले आईपीओ भर्दा प्रति कित्ता ५० रुपैयाँ रहेको थियो । लगानीकर्ताको संख्या थोरै रहेकोले जति कित्ता शेयरको माग गरेपनि पाउने अवस्था थियो ।

करिब २८ वर्षअघि नेपाली शेयर बजारमा शेयर भर्ने सिस्टम भने गाह्रै थियो । बिक्रि तथा निष्काशनको जिम्मा पाएका बैंकमा घण्टौं लाइन लागेर फारम भर्ने गरिन्थ्यो । तर रमाईलो चाँही के थियो भने माग गरेअनुसारको शेयर पाइन्थ्यो । कम्पनीले प्रत्येक शेयर होल्डरलाई प्रमाणपत्र वितरण गथ्र्याे । यसरी प्रमाणपत्र पाउँदा आफू पनि सो कम्पनीको मालिक बन्न पाइयो भन्नेमा खुशी लाग्थ्यो । जुन खुशी वर्तमान शेयर बजारमा छैन । अनलाइन माध्यमबाट शेयर भर्ने र कारोबार पनि सोहि अनुरुप हुने हुँदा प्रमाणपत्र नै लिएर शेयरधनी बन्नुमा जस्तो खुशी भने नमिल्ने उनी बताउँछन् ।

वकालततर्फ मोडिदा
राजनिति शास्त्रमा स्नातकोत्तर सकेका कञ्चनलाई राजनितिमा भन्दा धेरै कानुनी क्षेत्रमा बढी रुचि थियो । शेयर बजारमा राम्रै ज्ञान भएका उनले आफूलाई वकालततर्फ पनि सक्रिय बनाएका छन् । पछिल्लो समय उनलाई वकालतर्फ अझ सक्रिय भएको देखिन्छ । उनले वि.स.२०५६ सालबाट वकालत सुरु गरेका थिए । दुई दशकभन्दा बढीको वकालत यात्रामा उनले दुई दर्जनभन्दा बढी राष्ट्रिय सरोकारका मुद्धा उठाएका छन् । उनले उठाउने मुद्धामा सिमा सम्बन्धी मुद्धा, तरकारीमा विषदी परिक्षण, नागरिकता लगाएका विषयहरुमा मुद्धा उठान गर्दै आइरहेका छन् । उनले प्रधानन्यायधीश सुशिला कार्कीमाथि लागेको महाअभियोगको विपक्षमा रहि मुद्धा हालेका थिए । यति मात्र नभई संसद विघटनको विषयलाई लिएर मुद्धा हाल्ने पहिलो अधिवक्त समेत उनी हुन् । यसरी दुई दर्जनभन्दा बढी मुद्धा दर्ता गराएका छन् उनले ।
उनले वकालत गरेका मुद्धामध्ये जीवनभर याद रहने मुद्धा हो गोंगवु माइक्रोबस समितिको मुद्धा । एक महिना कार्याकाल बाँकी हुँदा नै समिति भंग गरेपछि सोहि विषयलाई लिएर उनी अदालतमा मुद्धा दर्ता गर्न पुगेका थिए । उनले दर्ता गरेको मुद्धाको विपक्षमा माओवादी पार्टीका कमान्डरहरु रहेको र तत्कालै मुद्धा छोड्न धम्काएको उनलार्य अझै याद छ । पछि उक्त मुद्धा मिलापत्र भएको र समिति फुटेर २ वटा भएको थियो । यसरी माओवादी जनयुद्ध चर्किएको समयमा माओवादीकै खिलाफ गएर दर्ता गरेको मुद्धा भएकोले पनि उनले यो मुद्धा बेलाबखत सम्झिरहन्छन् । यस्ता थुपै मुद्धा उनको मानसपटलमा ताजा नै छ जुन उनले आफै लडेका थिए । तर एउटा यस्तो मुद्धा जुन आफू पक्ष भएर लडेको मुद्धा हार्दा खुशी लागेको छ ।

उनले थालनी गर्दाको न्याय क्षेत्र र वर्तमान न्याय क्षेत्रमा थुप्रै अन्याय रहेको उनी बताउँछन् । आफ्नो ल्याकतले भ्यासम्म त्यस्ता अन्यायको क्षेत्रमा आवाज बुलंद गर्ने उनको सोच छ ।

शेयर बजारमा तत्कालै प्रतिफल खोज्नु मूर्खता
वर्तमान शेयर बजारमा उतार चढाव आउनु धैर्य गर्न नसक्ने लगानीकर्ताको दोष रहेको कञ्चनको भनाई छ । तत्काल शेयर खरिद गरि तत्कालै प्रतिफल खोज्ने प्रवृत्तिका कारण बजार अस्थिर बनेको छ । बजारमा लगानीकर्ताको संख्या दिनानुदिन बढ्दो छ । लगानीकर्ताको संख्यामा बृद्धि भएपनि शेयर बढ्न नसक्दा बजारले उचाई लिन नसकेको उनको भनाई छ । तसर्थ लगानीकर्ताले तत्कालको लागि भने लामो समयपछि प्रतिफल लिने सोचका साथ लगानी गर्न सकेमात्र राम्रो प्रतिफल लिन सकिने उनी बताउँछन् । वर्तमान समयमा लगानीकर्ता भन्दा पनि कारोवारी गर्नेको हावी भएकोले बजारमा समस्या देखिने गरेको छ ।

शेयर बजारमा टिक्न कञ्चनकृष्णको टिप्स
लगानीकर्ताले बजारमा प्रवेश गर्दै गर्दा कम्पनीको वित्तीय अवस्थाको बारेमा राम्रो अध्ययन गर्न सकेमा शेयर बजारमा निरासा हुन पर्दैन । वित्तीय विवरण बारे अध्ययन गर्दा कम्पनीले कति वर्षदेखि लाभांश वितरण गर्दै आइरहेको छ कि छैन, पूँजीको अवस्था कस्तो लगाएतका कुरामा ख्याल गर्नुपर्ने हुन्छ । त्यस्तै लामो समयका लागि सानो सानो लगानी गरिराख्नु अति नै उत्तम हुन्छ । अरुको कुरालाइए विश्वास गर्ने, हौसिएर लगानी गर्ने, ऋण खोजेर ठूलोपूँजी लगानी गर्ने जस्ता गल्ती लगानीकर्ताले नगरेकै राम्रो हुने उनको भनाई छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x