IME Life

दशक लामो अभिकर्ता यात्रामा जीवन केसीको अनुभव : बीमा जीवनको सारथी

SPIL
NIC ASIA

काठमाडौं । बीमा अभिकर्ता पेशालाई विभिन्न नजरियाबाट हेर्ने गरिन्छ । बीमा बुझ्नेले कम्पनी र बीमितबीच पुलको रुपमा रहि बीमितको सिंगो परिवारलाई आर्थिक संकटबाट जोगाउने सेवाको रपमा लिइन्छ । बीमाको बारेमा सतही जानकारी भएकाले भने कमिसनका लागि काम गर्ने एजेन्टको रुपमा चिन्छन् । बुझाई जस्तो भएपनि बीमा अभिकर्ता कम्पनी र बीमितका लागि नभई नहुने एक अभिन्न अंग भने पक्कै हो । यहि अंगको रुपमा विगत एक दशकदेखि सक्रिय छन् अभिकर्ता जीवन केसी ।

Prabhu
Crest

वि.स.२०६८ सालदेखि अभिकर्ता पेशा सुरु गरेका थिए जीवनले । एजेन्सी म्यनेजरको स्टाफको रुपमा काम गर्दै जाँदा उनी आफू स्वयम अभिकर्ता बन्न पुगेको उनी बताउँछन् । सुन्धारास्थित लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआइसी) नेपालका एक एजेन्सी म्यानेजरसँग उनले करिब २ वर्ष काम गरे । उक्त समय एजेन्टको फारम भर्ने र अभिकर्ता खाज्ने काम गर्नुपथ्र्याे । नेपालमा रहेका बीमा कम्पनीहरुले स्वरोजगार तालिमको पोस्टर मार्फत अभिकर्ता खोज्ने काम गर्थे । प्राय अभिकर्ता पोस्टरमा रहेको नम्बरमा कल गरेरै आउने गरेको जीवन बताउँछन् । उनी आफैले पनि पोस्टर टाँस्ने र अभिकर्ताको फारम भराउने काम गरेका थिए । यसरी दैनिक रुपमा अभिकर्ता र बीमाकै वरिपरि रहेर काम गर्दा उनले बीमाको बारेमा धेरै कुरा सिक्ने मौका पाए । एजेन्सी म्यनेजरले दिने अभिकर्ता तालिममा उनी अफै प्रत्यक्ष रुपमा सहभागी त भएनन् । तर तालिमको व्यवस्थापनमा उनी सक्रिय हुने गर्दथे । यसरी उनले सुनेको र देखेकै भरमा बीमा अभिकर्ता बन्ने बारे धेरै कुरा सिकेका थिए ।

सिन्धुली जिल्ला फिक्कल गाउँपालिकामा जन्मेका जीवनले ओखलढुङ्गा मावलाबाट वि.स.२०६२ मा एसएलसी दिएका थिए । घरदेखि स्कुलसम्म पुग्न लामो सय लाग्ने भएपछि उनी मावलन नै बसेर अध्ययन गरेका थिए । एसएलसीसम्मको अध्ययन मावलाबाट गरेपनि उच्च शिक्षा अध्ययनका लागि उनी काठमाडौं आएका थिए । काठमाडौंमा प्लस टु सकेपछि उनी पोखरास्थित पत्रिका वितरकको रुपमा समेत रहे । केहि वर्षपछि उनी पुन काठमाडौं फर्किए र बीमा एजेन्सी म्यानेजरकोमा स्टाफको रुपमा काम गर्न थाले । करिब २ वर्षको जागिरलाई विश्राम लिएर २०६८ सालमा सक्रिया अभिकर्ताको रुपमा काम गर्न थालेको जीवनको भनाई छ ।

जीवनले लाइफ इन्स्योरेन्स कर्पाेरेशन लि.बाट अभिकर्ताको कोड लिए लगत्तै जागिर छाडेका थिए । जागिर छाडेको भोलिपल्टै उनले काम गरेको कार्यलयको कार्यालय सहयोगीकी श्रीमानलाई २ लाख रुपैयाँको बीमा पोलिसी बिक्रि गरेका थिए । केहि समयपछि उनले आफ्नै बीमा गराए । यसरी औपचारिक रुपमा सुरु भएको उनको अभिकर्ता यात्रा निरन्तर रुपमा चलिरहेको छ ।

उनले अभिकर्ता पेशा सुरु गर्ने समयमा अभिकर्ताको संख्या थोरै थियो । साथै बजारमा बीमा सम्बन्धी जानकारी पनि सिमित व्यक्तिहरुलाई मात्र थियो । एकातिर अभिकर्ता खोज्नुपर्ने र अर्कातिर बीमा सचेतना नभएकोले बीमांक रकम पनि सानै हुने गर्थ्यो । अभिकर्ताको सुरुवात एलआइसी नेपालबाट भएपनि २ वर्षपछि उनी नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध भए । एलआइसी नेपालसँगको यात्रामा उनले थुप्रै बीमितको बीमा गराए । करिब ६ वर्ष लामो नेपाल लाइफको यात्रालाई विट मार्दै नेशनल लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा संलग्न भए । हाल उनी नेशनल लाइफको सक्रिय अभिकर्ताको रुपमा छन् । यस अवधिमा उनले १० वर्षदेखि निरन्तर एमडीआरटीको टार्गेट पूरा गर्दै आएका छन् । साथै ८ वर्षदेखि निरन्तर टप अफ द टेबलको टार्गेट पूरा गर्दै आएका छन् । यसरी उनले आफ्ने अभिकर्ता यात्रामा सफलताका पाइला सार्दै आएका छन् ।

यो यात्रामा उनी नेपालका प्रमुख सहरहरुमा बीमा लिएर पुगे । उनी आफैले गराएको करि ९ जना बीमितको क्लेम उपलब्ध गराउन कुनै समस्या भएन । उनले दशक लामो यात्रामा करिब १ हजारको हाराहारीमा बीमा गराएका छन् । उनले २ सय जनाको टिम निर्माण गरेकोमा करिब डेढ सय जनाले सक्रिय रुपमा काम गर्दै आइरहेका छन् । पहिलेको तुलनामा बीमा सचेतना बृद्धि भएपनि ठूला व्यवसायीमा बीमा पुगी नसकेको उनी बताउँछन् । यदि सम्बन्धित निकायले अभिकर्ताको तह छुट्याइदिने हो भने क्षमता अनुसार अभिकर्ताले सोहि अनुरुपको क्लाइन्ट समक्ष पुगेर बीमा गर्न सक्ने उनी बताउँछन् । बीमितको सिंगो परिवारलाई नै भवितव्य आइपर्ने आर्थिक समस्याबाट जोगाउने भएकोले अभिकर्ताले सोचविचार गरेर मात्र पोलिसी बिक्रि वितरण गर्नुपर्ने हुन्छ । यदि बीमितको क्षमता र आर्थिक अवस्थालाई विचार गरि सोहि अनुरुपको पोलिसी बिक्रि गर्ने हो भने सरेण्डर हुने अवस्था कम र बीमितलाई बीमा प्रतिको विश्वास थप बढ्दै जाने उनी बताउँछन । आफूले बीमा गराएका बीमितलाई आवश्यकता अनुसार फलोअप गर्ने, समयमै प्रिमियम संकलन गरि तिर्ने जस्ता कुरा इमान्दारीपूर्वक गर्न सकेमा कुनै पनि अभिकर्ताले असफल बन्न नपर्ने जीवनको भनाई छ ।

एक सफल अभिकर्ताले आफूसँगै कम्पनी र क्लाइन्टको हितमा रहेर काम गर्नुपर्ने उनी बताउँछन् । काम गरेबापत कम्पनीले तोकेको कमिसन नै अभिकर्ताको इनकम हो । आफूले आर्थिक लाभ लिँदै गर्दा त्यसले बीमितलाई असर गर्छ भने त्यो काम अभिकर्ताले गर्न हुँदैन । यदि एक सफल अभिकर्ताको रुपमा बीमा क्षेत्रमा संलग्न हुने हो भने एक अभिकर्ताले आफ्नो कामप्रति निरन्तरता दिने र धैर्यता राख्न सक्ने आँट हुन आवश्यक रहेको जीवन बताउँछन् । यसका अलावा विश्यसनियता र इमान्दारीता समेत अभिन्न अंग भएको उनको अनुभव छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

0%

अचम्मित

22%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS