IME Life

नेपाल पुनर्बीमाका अध्यक्ष अर्यालले लिए शपथ ग्रहण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल सहित बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझी र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी लगायतको उपस्थिति थियो ।

मंसिर १९ गते बसेको मन्त्रिस्तरको बैठकले अर्याललाई अध्यक्षमा नियुक्ति गरेको थियो । कम्पनीका निवर्तमान अध्यक्ष रविद्र प्रसाद घिमिरेले पदबाट राजिनामा दिए सँगै सरकारले अर्याललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

Prabhu
Crest

कोरोना बीमाको दाबी भुक्तानीका विषयमा कुरा नमिले पछि अध्यक्ष घिमिरेले मार्गप्रस्त गरिदिएका थिए । कोरोना बीमाको दाबी भुक्तानी सहित कतिपय विषयमा घिमिरेले अडान लिए पछि उनलाई चौतर्फी दवाव आएको थियो । उनले बरु पदबाट राजिनामा दिने तर यस्ता निर्णय नगर्ने भन्दै अडान लिए पनि अर्थमन्त्री जनार्दन शर्माले नै उनलाई राजिनामा गर्न सुझाएका थिए ।

सरकारले नयाँ पुनर्बीमा कम्पनी हिमालयन रि-इन्स्योरेन्स कम्पनीलाई पोसाउने गरी नीतिगत निर्णय गरिरहेको छ । सरकारकै स्वामित्व भएको नेपाल पुनर्बीमाको व्यवसायमै असर पुर्याउने गरी प्राधिकरण र नेपाल सरकार लागिपरेका छन् । नव नियुक्त अध्यक्षले सरकारकै असहयोगलाई छिचोल्नु पर्ने चुनौती छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS