IME Life

प्रभु लाइफले फेरिदिएको अभिकर्ता ओम प्रसाद घिमिरेको जीवन, कमाईमा सन्तुष्टिसँगै उत्कृष्ट पेशा

SPIL
NIC ASIA

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं २ घिमिरे गाउँका ओम प्रसाद घिमिरे प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका एक सफल बीमा अभिकर्ता हुन् । २०७४ सालमा प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएदेखि नै उनी यस कम्पनीमा अभिकर्ताको रुपमा संलग्न छन् । करिब ५ वर्षको अभिकर्ता यात्रामा उनले राम्रो सफलता हाँसिल गरेका छन् । चित्त बुझ्दो कमाईसँगै आम मानिसमा राम्रो सम्बन्ध स्थापना हुने भएकोले उनका लागि अभिकर्ता पेशा उत्कृष्ट पेशा बनेको छ ।

घिमिरे अभिकर्तासँगै एक सफल निर्माण व्यवसायी पनि हुन् । धेरै अघिदेखि नै उनी आफ्नो बीमा गर्ने सोचमा थिए । सोचे जस्तो कम्पनीको खोजीमा रहेका उनी प्रभु लाइफको स्थापना लगत्तै बीमा गर्न प्रभु लाइफ पुगेका थिए । उनको उदेश्य भने आफ्नो बीमा गर्ने र अभिकर्ताको कोड लिने थियो । सोहि अनुरुप उनले २५ लाख रुपैयाँ बीमांक रकमको बीमा गरिसकेपछि उनी अभिकर्ता पनि बने । बीमाको बारेमा राम्रो ज्ञान भएकोले छोटो समयमै ओम प्रसाद अभिकर्ता पेशामा राम्रो जम्न सके ।

Prabhu
Crest

वि.स.२०७४ सालमा अभिकर्ताको कोड लिएका उनले करिब २ वर्षपछि आफ्नै बीमा एजेन्सी कार्यालय समेत खोले । कमलविनायकमा रहेको उनको एजेन्सी कार्यालयमा दैनिक करिब १० जना व्यक्तिले बीमा बारे जानकारी लिने गरेका छन् । जसमा ८० प्रतिशत व्यक्तिहरुले बीमा पोलिसि खरिद गर्ने गरेको उनी बताउँछन् । उनले हालसम्म ३ सय जनालाई यस क्षेत्रमा जोडिसकेका छन् भने सोहि मध्ये ६० जनाले प्रत्यक्ष रुपमा सक्रिय भई काम गर्दै आइरहेका छन् ।

ओम प्रसादले २ सय जनाभन्दा बढी बीमितलाई प्रभु लाइफको बीमा पोलिसी बिक्रि गरिसकेका छन् । उनले सकभर सानो बीमांक रकमको भन्दा ठूलो रकमकोे बीमालाई बढी प्राथमिकतामा राख्ने गरेका छन् । साथीभाई र चिनजान भएकालाई पनि उनले बीमा बारे जानकारी दिँदै आएका छन् । उनी आफै पनि निर्माण व्यवसायी भएकोले साथीसँगत पनि व्यवसायीहरुसँग नै रहेको छ । सुरुवाति समयदेखि हालसम्म उनले प्रस्ताव गरेका ९० प्रतिशत व्यक्तिले बीमा गर्ने गरेका छन् । जसकारण उनको कमाई पनि राम्रो हुने गरेको उनी बताउँछन् ।

अभिकर्ता पेशाबाट सन्तुष्टि कमाएका ओम प्रसादले आफू लगायत आफ्ना परिवारका सम्पूर्ण सदस्यको बीमा गरेका छन् । साथीभाई, आफन्त र चिनजानका व्यक्तिलाई बीमाको पहुँचमा ल्याउन उनी हरेक दिन आफ्नो बीमा एजेन्सी कार्यालयमा खटिने गरेका छन् । यसबीचमा उनी आफ्नो निर्माण व्यवसायलाई पनि समय दिने गर्छन् । दुवै पेशालाई आधा आधा समय दिँदै आएका उनी प्रभु लाइफको उत्कृष्ट अभिकर्ताको रुपमा परिचित छन् । अन्य अभिकर्ताको तुलनामा राम्रो व्यापार गर्ने उनी प्रभु लाइफले आयोजना गर्ने हरेक कार्यक्रममा सहभागी हुने गर्छन् ।

ओम प्रसादको काम प्रतिको लगाव र निरन्तरताकै कारण उनी २०७७/०७८ मा देशभरबाट टप फाइभमा पर्न सफल र बागमती प्रदेशमा प्रभु लाइफको उत्कृष्ट व्यापार गर्ने अभिकर्तामध्ये दोस्रो स्थानमा पर्न सफल भएका थिए । हाल उनी बरिष्ठ एजेन्सी म्यानेजरको रुपमा रहेका छन् भने कम्पनीको चियरम्यान क्लब मेम्बरमा समेत आबद्ध छन् ।

उनको नजरमा बीमा अभिकर्ता पेशा नितान्त इमान्दारीताको पेशा हो । कम्पनी र बीमितलाई जोड्ने पुलको रुपमा अभिकर्ताले काम गर्नुपर्ने भएकोले अभिकर्तामा विश्वसनियता हुन अति नै आवश्यक रहेको उनको अनुभव छ । बीमितले आफ्नो बीमाको प्रिमियम भुक्तानी गर्न विभिन्न डिजिटल माध्यमको विकास भइसकेको छ । तर यो अवस्थामा पनि ८० प्रतिशत बीमितले अभिकर्ता मार्फत नै प्रिमियम भुक्तान गर्दै आइरहेको उनी बताउँछन् । तसर्थ अभिकर्ताले बीमित र कम्पनीलाई विश्वासको सुत्रमा बाँध्न आवश्यक रहेको उनको बुझाई छ । अभिकर्ताको रुपमा सक्रिय भएको ५ वर्षे यात्रामा उनले बिक्रि गरेका पोलिसी खरिदकर्ता बीमितहरुले उनको काममा असन्तुष्टि जनाएका छैनन् ।

हाल १९ वटा जीवन बीमा कम्पनीले नेपाली बजारमा बीमा पोलिसी बिक्रि गर्दै आइरहेका छन् । ओम प्रसादलाई प्रभु लाइफ इन्सोरेन्स नै ठिक लाग्ने उनको भनाई छ । उनले गरेका बीमामध्ये एक जना बीमितले मात्र क्लेम गरेका छन्, जसमा कम्पनीले थोरै समयमा नै बीमितलाई क्लेम भुक्तान गरेको थियो । यसले ओम प्रसादको काममा थप विश्वसनियता थपेको थियो । साथै हालसम्म उनी मार्फत गरिएका कुनै पनि बीमितले आफ्नो पोलिसी सरेण्डर गरेका छैनन् । कम्पनीेले तोकेको बोनसदर समयमै प्रदान गर्ने, केहि गरि क्लेम आएमा समयमै भुक्तान गर्ने र बीमितले कम्पनीमै गएर प्रत्यक्ष रुपमा बीमा बारे जानकारी लिन सकिने भएकोले उनलाई प्रभु लाइफ नै उत्कृष्ट कम्पनी लाग्ने गरेको उनको भनाई छ ।

हरेक अभिकर्ताले बीमितलाई बीमाको बारेमा जानकारी दिँदै गर्दा कम्पनीको पोलिसीको बारेमा सम्पूर्ण जानकारी दिनुपर्ने हुन्छ । यसका लागि अभिकर्ता कम्पनीको पोलिसीदेखि बोनसदरसम्म जानकार हुन आवश्यक रहेको ओम प्रसाद बताउँछन् । बीमितसँग भएको नगद रुपैयाँको साटो बीमितलाई एउटा कागजको टुक्रा दिने भएको हुँदा अभिकर्तामा इमान्दारीता हुन अति नै आवश्यक रहेको छ । यसका साथै बीमितलाई राजी गराउन बोलिमा मिठासता र मनाउन सक्ने क्षमताका साथ साथै विश्वसनियता हुन आवश्यक रहेको उनको अनुभव छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

6%

दु :खी

11%

अचम्मित

28%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS