IME Life

एमडिआरटी २०२३ काे लक्ष्य पुरा गर्न जम्मा १५ दिन बाँकी, चुनाैतीपूर्ण माहाैलमा यसवर्ष कति जना हाेलान् याेग्य?

SPIL
NIC ASIA

काठमाण्डाै । अंग्रेजी क्यालेण्डर अनुसार डिसेम्बर महिना पुरा हुन आजबाट जम्मा १५ दिन बाँकी छ । जीवन बीमा अभिकर्ताहरुकाे लागी प्रतिष्ठा र महत्वकाे विषय बन्दै आएकाे मिलियन डलर राउण्ड टेबल एमडिआरटीका लागी ताेकिएकाे व्यवसायीक लक्ष्य डिसेम्बर महिनाभित्र अभिकर्ताले पुरा गरिसक्नुपर्ने चुनाैती छ । व्यवसायीकरुपमा सक्षम र आत्मविश्वासी अभिकर्ताले एकदिनमै एमडिआरटीका लागी न्यूनत्तम व्यवसायीक लक्ष्य प्राप्त गरेका उदाहरण प्रशस्त छन् ।

सन् २०२३ काे एमडिआरटी याेग्यताका लागी यही डिसेम्बर महिनाभित्रै करिब ३८ लाख रुपैयाँ प्रथम् बीमाशुल्क संकलन गरेकाे हुनुपर्छ । गत वर्ष एकल बीमाशुल्कबाट जारी गरिएका ठूलाे बीमांककाे बीमालेखकाे साथै स साना बीमांककाे बीमालेख समेत उल्लेख्य परिमाणमा बिक्री हुँदा

Prabhu
Crest

सन् २०२३काे लागी एमडिआरटी याेग्य हुन जीवन बीमा अभिकर्ताले जनवरीदेखि डिसेम्बर महिनाभित्र ३७ लाख ९२ हजार ३ सय रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्नुपर्नेछ । यसैगरी याे भन्दा माथिल्लाे तहकाे काेर्ट अफ द टेबलका लागी १ कराेड १३ लाख ७६ हजार ९ सय रुपैयाँ प्रथम बीमाशुल्क र टप अफ द टेबलका लागी २ कराेड २७ लाख ५३ हजार ८ सय रुपैयाँ प्रथम बीमाशुल्क आम्दानी गर्नुपर्ने शर्त छ ।

जीवन बीमा कम्पनीहरुकाे सामाजिक स‌ंजाल फेसबुक वा इन्स्टाग्राम पेजमा यसवर्ष एमडिआरटी याेग्य भएका अभिकर्ताहरुकाे बधाई सम्बन्धी सामाग्रीहरु निकै पातलिएकाे छ ।

विश्वभरका अभिकर्ताहरुमध्ये व्यवसायीकरुपमा उत्कृष्ट अभिकर्ताहरुलाई संगठनमा आबद्ध गर्ने र अनुभव साटासाट गर्ने अवसर प्रदान गर्ने साझा मञ्चकाे रूपमा एडमिआरटी अन्तर्राष्ट्रिय सम्मेलन प्रत्येक वर्ष यूराेप र एशियाका विभिन्न मुलुकमा आयाेजना हुँदै आएकाे छ । एमडिआरटी अन्तर्राष्ट्रिय सम्मेलन आगामी अगस्त महिनाकाे २७ देखि ३० तारेख (भदाै ६ देखि १३ गते २०८०) सम्म सि‌ंगापुरमा आयाेजना हुने तय भएकाे छ।

एमडिआरटीका लागी याेग्य हुँदैमा यसकाे सदस्यता प्राप्त हुँदैन । एमडिआरटीका लागी ६ सय काेर्ट अफ द टेबलकाे ६५० र टप अफ द टेबलकाे लागी ११५० अमेरिकी डलर सदस्यता शुल्क ताेकेकाे छ । एमडिआरटीकाे सदस्यता शुल्क भुक्तानी गरेर सदस्यता प्राप्त गरिसकेपछि एमडीआरटी सम्मेलनमा सहभागीताकाे लागी निम्ताे प्राप्त हुन्छ । यसै निम्ताका आधारमा सम्बन्धित देशकाे दूतावासमा पर्यटक भिषाका लागी आवेदन दिनुपर्छ ।आवेदन स्वीकृत भएर भिषा लागेमा अध्यागमन अनुमति प्राप्त भएमा मात्र सम्मेलनमा सहभागी हुन सक्नेछन् । गत वर्ष चार सयभन्दा बढी अभिकर्ता याेग्य भएकामा केहीले सदस्यता शुल्कवापतकाे रकम जम्मा गरेपनि भिषा अनुमति प्राप्त हुन नसक्दा सम्मेलनमा सहभागीता जनाउन पाएका थिएनन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

14%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS