IME Life

प्राधिकरणले लघु बीमाको छुट्टै लाइसेन्स जारी गर्दा पुरानाको ध्यान लघु बीमा व्यवसायमा केन्द्रित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसायका लागि छुट्टै लघु बीमा कम्पनीहरुको लाइसेन्स जारी गर्दा पुराना भने लघु बीमा व्यवसायमै केन्द्रित हुन थालेका छन् । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार १५ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा मात्रै ७ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

कार्तिक एक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले १७ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै नविकरण बीमा शुल्क आर्जन एक करोड ३३ लाख रुपैयाँ मात्रै छ । यसले पनि के देखाउछ भने बीमा कम्पनीहरु हिजोका दिनमा लघु बीमा व्यवसायमा आकर्षित थिएनन् ।

Prabhu
Crest

कार्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ४६ अर्ब एक करोड छ । लघु जीवन बीमा शुल्क आर्जन भने ७७ करोड ५ लाख छ । यहाँ कुल तर्फ लघु जीवन बीमाको हिस्सा १.६७ प्रतिशत मात्रै छ ।

कार्तिक महिनासम्मको प्रथम बीमा शुल्क आर्जन ९ अर्ब ११ करोड छ । कार्तिकसम्मकै प्रथम लघु बीमा शुल्क आर्जन ७१ करोड ६२ लाख रुपैयाँ छ । यहाँ प्रथम बीमा शुल्क आर्जन तर्फ लघु बीमा व्यवसायको हिस्सा ७.८५ प्रतिशत छ । यसले के देखाउछ भने जीवन बीमा कम्पनीहरुको ध्यान लघु तर्फ केन्द्रित छ । नयाँ लघु बीमा कम्पनीहरुले बजार खोसिदिने डरले पनि पुराना कम्पनीहरु आक्रामक देखिएका हुन् ।

गत आर्थिक वर्षमा ७ वटा जीवन बीमा कम्पनीहरुले मात्रै लघु जीवन बीमा व्यवसाय गरिरहेका थिए । तर यस वर्ष १५ वटा पुगेका छन् । कार्तिक महिनासम्ममा सबैभन्दा धेरै नेशनल लाइफ आक्रामक देखिन्छ । नेशनल लाइफ एक्लैले यस अवधिसम्ममा २५ करोड ९४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले यसै वर्षदेखि लघु जीवन बीमा व्यवसाय सुरुवात गरेको हो । त्यस पछि सिटिजन लाइफ आक्रामक छ । सिटिजन लाइफले कार्तिक महिनासम्ममा १७ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । विगतका वर्षमा रिलायबल नेपाल यस व्यवसायमा आक्रामक थियो । तर यस वर्षदेखि कम्पनीले यस्तो व्यवसायबाट हात झिकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS