IME Life

विदेशिने करोडौं बीमाङ्क रकम नेपालमै रोकिदा सरकारले कर र अभिकर्ताले रोजगारी पाएः मदन भट्ट

SPIL
NIC ASIA

काठमाडौं । धनगढीका मदन भट्ट विगत दुई दशकदेखि बीमा अभिकर्ता पेशामा संलग्न छन् । नेपाल भारतको सिमाना समेत भएको उक्त क्षेत्रमा अभिकर्ताको रुपमा संलग्न हुन पाउँदा खुशी लाग्ने गरेको उनी सुनाउँछन् । उनले अभिकर्ता पेशा सुरु गर्दाको अवस्था र हालको अवस्थालाई हेर्दा धेरै कुराको फरक पाउने गरेको उनको अनुभव छ ।

मदनले सन २००१ देखि बीमा अभिकर्ता पेशा सुरु गरेका थिए । उनको घर छेउका छिमेकीको छोरा नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध थिए । उनै छिमेकीले मदनलाई पनि अभिकर्ता बन्न प्रेरित गरिरहन्थे । तर उनलाई भने खासै वास्ता लाग्दैन थियो । सो समय नेपालीहरु एलआइसी इन्डिया कम्पनी मार्फत बीमा गर्ने गर्थे । यसरी नेपालीले विदेशी कम्पनीमा बीमा गरेको देखेपछि उनमा अभिकर्ता बन्ने रहर जाग्यो । जसअनुरुप उनले सन २००१ मा एलआइसी नेपालबाट अभिकर्ताको कोड लिएर काम सुरु गर्न थाले ।

Prabhu
Crest

उनले भरखरै बीमा अभिकर्ताको रुपमा काम गर्दै गर्दा बीमा बारे सकारात्मक सोच राख्ने कमै व्यक्तिहरु थिए । बीमा अभिकर्ता भनेको कमिसनको लागि काम गर्ने र पैसा कमाउनका लागि मात्रै काम गर्ने भन्ने गरेको उनको भनाई छ । बीमा बारे सचेतना जगाउनका लागि उनी विभिन्न विद्यालयले आयोजना गर्ने कार्यक्रम, पिकनिक लगाएतमा सहभागी हुने गर्दथे । उनलाई अचम्म के लाग्थ्यो भने विद्यालयको प्रिन्सिपललाई समेत बीमा बारे कुनै जानकारी भएको पाइदैन थियो । यी कुराहरुले गर्दा पनि उनले अभिकर्ता पेशामा थप सशक्त भएर लाग्ने सोच बनाएका थिए ।

२००७ मा नेपाल टपरसँगै एमडीआरटी

धनगढी क्षेत्र व्यापारिक हिसावले अगाडी भएको क्षेत्र हो । ठूल्ठूला व्यापारीहरुले ठूला रकमको बीमा भारतीय अभिकर्ता मार्फत भारतीय कम्पनीमै गर्ने गर्दथे । भरखरै सुरु भएको नेपाली अभिकर्तालाई खासै विश्वास नगर्ने भएर साना रकमका बीमा मात्र नेपाली एजेन्टको हातमा पर्ने गरेको उनी बताउँछन् । तर उनले निरन्तर यहि पेशामा अगाडी बढ्ने, क्लेम परेको अवस्थामा बीमितलाई क्लेम लिन सहयोग गर्ने गर्दै गएपछि उनीप्रति मानिसहरुको विश्वास बढ्दै गयो । फलस्वरुप २००७ मै उनी एलआइसी नेपालबाट नेपाल टपर साथै एमडीआरटी बन्न सफल भए । एलआइसीमा उनले साना साना बीमाङ्क रकमको बीमा गर्दै आइरहेका थिए । २०१२ मा भने उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा अभिकर्ताको रुपमा संलग्न भए । सोहि वर्ष उनी नेपाल लाइफबाट नेपाल टपर बन्न सफल भए । यसरी अभिकर्ता पेशामा दिनप्रतिदिन सफलता मिल्दै गयो । उनको सफलताको नतिजा २०२१ मा समेत नेपाल टपरको रुपमा देखा पर्याे ।

बीमा अभिकर्तासँगै चिकेन स्टेसन आउटलेटको सञ्चालक

मदनले दुई दशकसम्म पाएको यो सफलतामा भने उनको इमान्दारीता र विश्वसनीयताकै कारण भएको उनी बताउँछन् । यो अवधिमा उनले ८०÷९० करोड बराबरको प्रिमियम संकलन गरे । ३ वर्षअघि वार्षिक ८ करोड प्रिमियम संकलन गरेका थिए । तर नेपालमा पछिल्लो समय कोरोना भाइरसको महामारी फैलिएसँगै आर्थिक मन्दी सुरु भएपछि उनले संकलन गर्ने प्रिमियम पनि घट्दै गयो । उनले दुई वर्षअघि ४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरे । एक वर्षमै प्रिमियक संकलनमा यति धेरै फरक आएको उनी बताउँछन् । हाल भने उनी अभिकर्ता पेशालाई पार्ट टाइमको रुपमा राखेर धनगढीमा चिकेन स्टेसनको आउटलेट सञ्चालन गर्दै आइरहेका छन् । दुई वर्षअघि चिकेन स्टेसनको आउटलेट सुरु गरेका उनले यो क्षेत्रमा पनि राम्रै सफलता पाइरहेका छन् ।

भारत भित्रिने करोडौं बीमाङ्क रकम नेपालमै रोक्न सफल

धनगढी क्षेत्रका व्यापारी र धनाढ्य व्यक्तिहरुले भारतीय अभिकर्ता मार्फत भारतकै बीमा कम्पनीमा बीमा गर्ने गर्दथे । मदनको अनुमानमा बीमा रकमको नाममा बार्षिक ६०/७० करोड नेपाली रुपैयाँ भारत जाने गर्दथ्यो । भारतीय अभिकर्ताले नेपाली बीमित मार्फत टन्नै कमाउँथे । सोहि क्षेत्रका अभिकर्ता सक्रिय हुन थालेपछि भने भारत जाने ९० प्रतिशत बीमा रकम नेपालमै रोकिएको मदनको भनाई छ । आफूले काम गरेको २० वर्षको अवधिमा नेपाली रुपैयाँ भारत जान रोक्न सकेकोमा आफ्नो कामप्रति खुशी लाग्ने गरेको उनी सुनाउँछन् । यसरी नेपालमै बीमा गर्ने भएपछि नेपाली अभिकर्ताले रोजगारी र नेपाल सरकारले कर पाएका छन् । यति मात्र नभई भारतीय मुलका नागरिक समेत नेपालमा आएर बीमा गर्ने प्रचलन बढेको उनको अनुभव छ ।

जीवन बीमा एउटा विश्वास भएकोले बीमा गरिदिने व्यक्ति विश्वासिलो हुन आवश्यक रहेको मदनको बुझाई छ । बीमा अभिकर्ताले दिने सेवा र इमान्दारीताबाटै बीमित आकर्षित हुने हुँदा अभिकर्ताले इमानदारीपूर्वक काम गर्न आवश्यक रहेको उनको भनाई छ । बिना लगानी गरिने बीमा अभिकर्ता पेशामा विश्वासका साथ काम गर्ने हो भने अन्य रोजगारी खोज्न जान पर्दैन । रोजगारीका लागि विदेशीने युवा पुस्ताले धैर्यताका साथ काम गर्ने हो भने परिवारसँगै बसेर राम्रो कमाईका साथै राम्रो रिलेसन कमाउन सक्ने धनगढीका मदन भट्ट बताउँछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

14%

दु :खी

43%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS