IME Life

ग्लोबल आइएमईको साधारण सभा सम्पन्न, लाभांश सहित मर्जरको विशेष प्रस्ताव पारित

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न भएको छ । बैंकले प्रस्तावित लाभांश तथा मर्जरको विशेष प्रस्ताव पारित गरेको छ । उक्त सभा सिल्भर ओक बैंकेट गौरीधारमा विहान सम्पन्न भएको हो ।

सभामा ग्लोबल आइएमई बैंकले समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको हिसाब, नाफा, नोक्सान, वासलात, नगद विवरण लगायतका वित्तीय अनुसूचिहरुमाथि छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सभाले बाह्य लेखापरीक्षक नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने र ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने गाभिले तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभाले यी दुई बैंक गाभिएपछि नियमनकारी निकायबाट कुनै विषय थप तथा संशोधन गर्नुपर्ने भएमा सोही बमोजिम कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश शेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभाशं शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।

कार्तिक २९ गते बैंक अफ काठमाण्डू र ग्लोबलले मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

83%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS