IME Life

इन्स्योरेन्स इन्स्टिच्युटले ३०० प्रतिशत हकप्रद निष्काशन गर्ने, बीमाको विषयमा स्नातकोत्तर सुरु गर्दै

SPIL
NIC ASIA

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले कार्य क्षेत्र विस्तार गर्नका लागि चुक्ता पूँजी बढाउने भएको छ । इन्स्टिच्युटले चुक्ता पूँजीको ३०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संस्थाको चुक्ता पूँजी ५ करोड रुपैयाँ छ । प्रस्तावित हकप्रद शेयर पछि चुक्त पूँजी २० करोड रुपैयाँ पुर्याउने भएको छ ।

इन्स्टिच्युटले बीमा विषयमा स्नातकोत्तरको पढाइ सुरुगर्ने भएको छ । यसका लागि पोखरा विश्वविद्यालयबाट संबन्धन समेत प्राप्त भइसकेको प्रमुख कार्यकारि अधिकृत भोजराज शर्माले जानकारी दिए ।  नेपाल बीमा प्राधिकरणले यहि पढाइका लागि चावहिलको भवन दिने निर्णय समेत गरिसकेको छ । केहि समयमै उक्त स्थानमा कार्यालय सार्ने तयारी रहेको शर्माले जानकारी दिए । इन्स्टिच्युटले अवका दिनमा सामान्य तालिम मात्रै नदिएर आफ्नो कार्यक्षेत्र विस्तारका लागि अगाडी बढेको उनले बताए ।

Prabhu
Crest

अहिले बीमा प्राधिकरणको चावहिलको भवन प्रयोगमा आउन सकिरहेको थिएन । यस्तै कामबाट प्राधिकरणले पनि आफ्नो भवनलाई सहिसदुपयोग गर्ने छ ।

इन्स्टिच्युटले पुस २२ गते चौथो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । कम्पनीले व्यवसायिक क्रियाकलापलाई बृद्धि तथा विकास गर्नका लागि पूँजी बढाउने भएको हो । इन्स्टिच्युटले यसका लागि प्रवन्धपत्रको दफा ४ को एक को उद्देश्य खण्डमा उद्देश्यहरु समेत थप्ने भएको छ ।

प्रचलित कानुनको अधिनमा रही बीमा जोखिम व्यवस्थापन सामाजिक सुरक्षाका विषयमा पेशागत तालिम संचालन गर्ने उद्देश्य थप्ने भएको छ । त्यस्तै बीमाको लाईसेन्सियट्ससिप, एसोसिइट्ससिप, फेलोसिप तथा बीमा सम्बन्धी पेशागत कोर्षहरु संचालन गर्ने, शैक्षिक कोर्षहरु तयार गर्ने र परीक्षाहरु संचालन गर्ने भएको छ ।

विश्वविद्यालयको सम्बन्धनमा स्नातकोत्तर कार्यक्रम संचालन गर्ने र परीक्षाहरु संचालन गर्ने भएको छ । बीमा, जोखिम व्यवस्थापन, सामाजिक सुरक्षाका विषयमा नीतिगत तथा व्यवहारिक अनुसन्धान गर्ने तथा सो सम्बन्धी सामाग्रीहरु तयार गर्ने तथा प्रकाशन गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा बीमा सम्बन्धी अध्ययन, अध्यापन अनुसन्धान गर्ने शैक्षिक तथा व्यवसायिक संस्थाहरुसँग सहकार्य गर्ने, क्रेडिट ट्रान्सफर गर्ने जस्ता काम गर्ने इन्स्टिच्युटले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS