IME Life

बैंकसँग प्रतिस्पर्धा गर्नुपर्दा जीवन बीमा कम्पनीहरूकाे व्यवसाय खुम्चियाे, तरलता अभाव र ब्याज दर नघट्दासम्म चुनाैती रहने

SPIL
NIC ASIA

काठमाण्डौं । वाणिज्य बैंकले जीवन बीमा कम्पनीले झैं बचत र सुरक्षा दुबै विशेषतासहित उच्च ब्याज दरले मुद्दती निक्षेप आकर्षित गरेपछि जीवन बीमा कम्पनीको तल्लो देखि माथिल्लो व्यवस्थापन समेत अहिले तनावमा छ ।

अनिवार्य बचतसँगै सुरक्षाको नीतिमा आधारित जीवन बीमा कम्पनीहरुले सर्वसाधारणलाई १५ देखि २० वर्षको अवधिमा बीमांकको दोब्बर रकम भुक्तानी दिने लिखित शर्त वा मौखिक शर्तमा जीवन बीमा योजनाहरु बेच्दै आएका छन् । तर बैंकले पाँच देखि ६ वर्षमै दोब्बर रकम भुक्तानी दिने गरी मुद्दती निक्षेपको घोषणा गरेकाले जीवन बीमा अभिकर्ता र बिक्रीमा संलग्न कर्मचारी सबैलाई टाउको दुःखाई बनेको छ ।

Prabhu
Crest

बैंकले छ वर्षमा डब्बल पैसा दिन्छ, तपाईको बीमा कम्पनीले कत्ति दिन्छ र भन्दै जिज्ञासा व्यक्त गर्न थालेका छन् । एकजना एजेन्सी म्यानेजरले सर्वसाधारणको प्रतिकृया उल्लेख गर्दै भने, बीमित मृत्यु भएको अवस्थामा कम्पनीले एक वर्ष नपुग्दै पनि पुरै बीमांक वा दुर्घटना मृत्यु भएको अवस्थामा दोब्बर रकम भुक्तानी दिन्छ भन्दा पनि म मरेपछि पैसा के काम भन्दै तर्किन खोज्छन् ।

अहिले लगानी योग्य तरलता(नगद प्रवाह) को जोहो गर्नको लागी बैंकले साधारण बचतमा ७ प्रतिशत र मुद्दती निक्षेपमा ११.१३३ प्रतिशत ब्याज दर वितरण गरिरहेका छन् । यसबाहेक पाँच देखि ६ वर्षको अवधिमा निक्षेपको दोब्बर रकम फिर्ता दिने, १० लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्दा १९ वर्षपछि १ करोड रुपैयाँ फिर्ता भुक्तानी दिने लगायतका आकर्षक योजनाहरु ल्याएका छन् । यस्तो अवस्थामा सर्वसाधारणको ध्यान जोखिम बहन बाहेक सामान्य अवस्थामा सीमित प्रतिफल प्राप्त हुने जीवन बीमाभन्दा पनि अधिकत्तम प्रतिफल प्राप्त हुने मुद्दती निक्षेपतर्फ केन्द्रित भइरहेको छ ।

बजार तरलता संकटबाट गुज्रिनै रहेको छ, एकजना क्षेत्रिय प्रबन्धकले भने, यस्तो अवस्थामा सर्वसाधारणसँग भएको अलि अलि नगद पनि बैंकले नै बटुलेर लैजाँदा हामीलाई बीमा बेच्न धौंधौं पर्न थालेको छ ।

अहिलेको अवस्थामा सबै बैंकको ब्याज दर पछाडी दौडिएकाले जीवन बीमाले व्यहोर्ने जोखिमको पक्षबारे मात्र बुझाएर बीमालेख बेच्न नभएको अधिकांश अभिकर्ताको गुनासो छ ।

तरलता अभावका कारण नगद वा बचत भएकाहरु सर्वसाधारणहरु पनि दीर्घकालका लागी रकम बन्धकी हुने सावधिक बीमामा लगानी गर्न हच्किएको अवस्था छ । देशको आर्थिक अवस्था नाजुक भएकाले तत्कालै नगदको आवश्यक पर्न सक्ने संभावनाका कारण उनीहरु मुठ्ठी कसेर बसेको बीमा अभिकर्ताको बुझाई छ । यसबाहेक बैंकसँग व्यापारिक कारोबारका लागी ऋण कर्जा लिने, कर्जा लेनदेन निरन्तर गरिरहने व्यापारीलाई तरलता अभावसँगै बढेको ब्याज दर र बैंकको ताकेताले पनि अप्ठेरो परेको छ ।

उच्च आम्दानी हुने उद्योगी व्यापारी, चिकित्सकलगायतको विश्वासिलो व्यक्तिको बीमा गर्दा शुरुमा हामीले नै पचास लाख करोडसम्म व्यक्तिगतरुपमै लगानी गथ्र्यौं, एक जीवन बीमा कम्पनीको मधेश प्रदेश प्रमुखले अनुभव साट्दै भने, अहिले संकटको अवस्थामा त्यो जोखिम मोलेर लगानी गर्न कोही अग्रसर छैन ।

 

मुद्दती निक्षेप र जीवन बीमामा गर्ने बचतमा के फरक छ ?

बैंक तथा वित्तीय संस्थाले सामान्यतया मुद्दती निक्षेप खातामा  ग्राहकले एकमुष्ठ जम्मा गरेकाे रकमको आधारमा ब्याज उपलब्ध गराउँछ । अर्थात् एकमुष्ठ रू. १० लाख रूपैयाँ जम्मा गरेकाे छ भने खातामा जम्मा भएकाे रकममा मात्र ब्याज भुक्तानी गर्छ । यस्ताे मुद्दती निक्षेपको अवधि पुरा नहुँदै बचतकर्ताले रकम झिक्न चाहेमा साँवाबाट जरिवाना रकम कट्टा गरेर बाँकी रहेकाे रकम मात्र भुक्तानी गर्छ । मुद्दती निक्षेपकाे अवधि पुरा नहुँदै निक्षेपकर्ताको निधन भएको अवस्थामा निजकाे हकवालाले बीचमै पैसा भुक्तानी मागेकाे अवस्थामा समेत जरिवाना रकम कट्टा गरेर मात्र बाँकी रकम फिर्ता दिन्छ । वा मुद्दती निक्षेपकाे अवधि पुरा भएपछि साँवा र शर्त अनुसारकाे ब्याज रकम भुक्तानी गर्छ। बचतकर्ता ग्राहकले तीन महिने, छ महिना, वार्षिक वा एकमुष्ठ ब्याज भुक्तानीकाे सुविधा राेजेकाे रहेछ भने साेही अनुसार ब्याजकाे रकम भुक्तानी दिन्छ ।

जीवन बीमा कम्पनीले बीमितबाट पहिलो किस्ता लिए लगत्तै कम्तीमा बीमांक रकम बराबरको जोखिम बहन शुरु गरिदिन्छ । बीमा अवधि पुरा नहुँदै कालगतिले मृत्यु भएको अवस्थामा बीमांकको पुरै रकम भुक्तानी गर्छ । उदाहरणकाे लागी १५ वर्षे अवधिकाे लागी रू १० लाखकाे सावधिक जीवन बीमा गर्दा बीमितले पहिलाे किस्तावापत जम्मा रू.७५ हजार रूपैयाँ भुक्तानी गरेकाे छ। र, पहिलाे किस्ता भुक्तानी गरेकाे दाेश्राे दिनमै वा एक वर्ष नपुग्दै कालगती वा दुर्घटनामा परेर बीमितकाे निधन भएमा बीमितकाे हकवाला वा इच्छ्याइएकाे व्यक्तिले कम्तीमा रू. १० लाख रूपैयाँ भुक्तानी प्राप्त गर्छ । यहाँ जीवन बीमा कम्पनीले बीमा अवधि पुरा नभएकाे वा बीमितले जम्मा रू. ७५ हजार मात्र किस्ता भुक्तानी गरेकाे बहानामा बीमांककाे रकम भुक्तानी गर्ने दायीत्वबाट पंछिन पाउँदैन । अझ दुर्घटना मृत्यु जाेखिमकाे सुविधा समेत बीमितले राेजेकाे र दुर्घटनाकाे कारण मृत्यु भएकाे हाे भने बीमांककाे दाेब्बर अर्थात् रू. २० लाख रूपैयाँ जीवन बीमा कम्पनीले भुक्तानी गर्छ ।

बैंकले मुद्दती निक्षेपमा जम्मा भएको रकमको आधारमा ग्राहकलाई ब्याज दिन्छ । जीवन बीमा कम्पनीले बीमितले रोजेको बीमांकको आधारमा वार्षिकरुपमा बोनश रकम बीमितको बीमालेख खातामा जम्मा गरिदिन्छ र बीमा अवधि पुरा भएपछि वा बीमितको मृत्यु भएपछि एकमुष्ठ भुक्तानी गर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

20%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS