IME Life

बीमा अभिकर्ता पेशा नितान्त शर्त रहित सेवा : सिनियर एजेन्सी म्यानेजर झा

SPIL
NIC ASIA

बीमा कम्पनीको एक अभिन्न अंगको रुपमा रहेको छ अभिकर्ता । कम्पनीले सार्वजनिक गर्ने हरेक किसिमका पोलिसिलाई ग्राहकसमक्ष पुर्याउने काम अभिकर्ताले गर्दै आइरहेका छन् । यहि अभिकर्ता पेशालाई धेरैले दलाली पेशाको रुपमा देखेका छन् भने धेरैका लागि सन्तुष्टिको पेशा सावित भएको छ । सेवासँगै जीविकोपार्जनका लागि कमाइ समेत राम्रो गर्न सकिने भएकोले यस पेशाप्रति सन्तुष्टि लिने जमात केहि संख्यामा रहेका छन् । सोहि जमातभित्र आफ्नो फरक प्रस्तुतिका साथ अभिकर्ता पेशामा जम्दै आएका छन् इटहरीका सरोज कुमार झा ।

Prabhu
Crest

सरोज कुमार झाले बीमाको बारेमा भने कलेज अध्ययनको क्रममै जानकारी पाएका थिए । पाठ्य पुस्तकमा नै पढ्नुपर्ने भएकोले यसप्रति ज्ञान लिन खासै गाह्रो भएन । उनले २०६२ साल भदौं महिनामा एलआइसी नेपालद्धारा सञ्चालित बीमा अभिकर्ताबारे ३ दिने तालिम लिएका थिए । सोहि वर्ष उनले स्नातक तहको अध्ययनलाई पनि पूरा गरे । अभिकर्ताको तालिम लिए, यथेष्ट जानकारी बटुले र अभिकर्ता पेशामा संलग्न हुन आफूलाई योग्य पनि बनाए । तर तत्कालै उनले यो पेशामा संलग्न हुन सकेनन् । भर्खरै अध्ययन गर्दै गरेका उनी आर्थिक रुपमा सबल थिएनन् । घरपरिवारलाई मागेर विराटनगरमा रमाउन उनले मनले दिएन । जसकारण आफ्नो मनले चाहेको पेशामा संलग्न नभई उनी एक प्राध्यापकको रुपमा काम गर्न थाले ।

सरोजले २०६३ सालमै पो पेशामा संलग्न भएपनि सन २०१७ बाट मात्रै पूर्ण रुपमा सक्रिय भएर लागेका थिए । उनी आफ्नो हरेक कामको सुरुवात राम राम शब्दबाट सुरु गर्ने गरेको बताउँछन् । यहि क्रममा उनले अभिकर्ता बनेपछि पहिलो बीमा गर्न राम नाम गरेका राम प्र. चौधरीबाट सुरु गरे । उनले चाहे जसरी नै सो व्यक्तिले १ लाख रुपैयाँ बीमांकको बीमा गरेका थिए । यसरी सुरु भएको उनको यात्रा हाल सुखदायी यात्रा बनेको छ । अभिकर्ता पेशामा सफल बनेका छन् उनी । उनी आफू मात्र अभिकर्ता बनेनन् । परिवारका अन्य सदस्यलाई पनि अभिकर्ता बनाएका छन् । साथै हुर्कदै गरेकी उनकी छोरीलाई पनि अभिकर्ता पेशामा संलग्न गराउने उनको चाहना छ ।

अभिकर्ता पेशा टिममा गरिने पेशा भएतापनि सरोजलाई भने पर्सनल गर्नु नै उचित लाग्छ । व्यक्तिको सम्बन्धबाट स्थापित भइ गरिने बीमा विश्वसनिय र टिकाउ हुने उनको अनुभव छ । तसर्थ व्यक्तिगत व्यवसायलाई नै उनी प्राथमिकता दिन्छन् । स्नात सकेर अध्यापन पेशा सुरु गरेका उनले व्यक्तिगत चिनजान निक्कै बढाएका थिए । जसले सफल र धेरै व्यवसाय गर्ने अभिकर्ता बन्न सघाउ पुगेको छ । सन् २०१७ बाट भने उनले अध्यापन पेशालाई थाति राख्दै पूर्ण सयम अभिकर्ता पेशामा दिँदै आएका छन् । हाल उनले वार्षिक डेढदेखि २ करोडसम्म प्रिमियम संकलन गर्दै आइरहेको छन् । तर जबरजस्ती कोहि कसैलाई पनि बीमा गर्न जोड गर्दैनन् । बीमाको महत्व र यसका फाइदाबारे खुलेर बुझाउँछन् सबैलाई । बीमित आफैले बीमा गर्छु भन्ने प्रस्ताव राखेपछि बल्ल उनी बीमाको प्रक्रिया अघि बढाउँछन् ।

उनको जीवनमा एउटा यस्तो घटना छ जुन उनी अहिले पनि सम्झन्छन् । उनले एकजना चिनेका व्यक्तिसँग बीमाको कुराकानी गर्दै आएका थिए । सोहि समय उक्त व्यक्तिका नजिकका आफन्तहरु पनि बीमाको प्रस्ताव राखेर उनको घर पुग्ने गरेको उनलाई थाहा थियो । सो व्यक्तिले हर कोहिलाई नाई भन्न नसकेपछि उनी घरमा भएपनि बाहिर गएको सन्देश दिन थालेका थिए उनको घरको गार्डबाट । त्यसपछि सरोज आफै उक्त घरमा जान छाडे । तर केहि समय पश्चात सो व्यक्ति सरोजलाई खोज्दै बीमा गर्न आइपुगेको सरोज बताउँछन् । यसरी व्यक्ति हेरेर बीमा गर्ने भएकोले पनि अभिकर्तामा इमान्दारीता र कुशलता हुन आवश्यक रहेको सरोजको भनाई छ ।

हाल उनी सिनियर एजेन्सीको म्यानेजरको रुपमा काम गर्दै आइरहेका छन् । साथै एलआइसी मार्फत लगातार ३ वर्ष एमडीआरटी बन्न सफल बने । उनले आफूलाई यो पोजिसनमा ल्याइपुर्याउँदा पहिलो प्राथमिकता भने बीमिताई दिएका छन् । प्रत्यक्ष रुपमा बीमित लाभिान्वित नभए बीमा गरेको कुनै अर्थ नहुने उनको बुझाइ छ । त्यसैले आगामी दिनमा अभिकर्ताको रुपमा संलग्न हुन चाहेकाहरुलाई उनी नितान्त शर्त रशित सेवा गर्ने भावनाले अघि बढ्न सुझाव दिन्छन् । यसका साथै आफू किन यहि कम्पनीमा अभिकर्ता बन्दैछु भन्ने कुराको जवाफ आफूसँग हुनुपर्छ । आफूले कस्ता खालको कम्पनीमा काम गर्न खोजेको छ, अन्य कम्पनीको तुलनामा के भिन्नता छ ? कम्पनीको प्रोडक्ट कस्तो लगायतका कुराहरुको राम्रो अध्ययन गर्न आवश्यक छ । अभिकर्ताले मात्र नभई बीमित आफू पनि सचेत हुन आवश्यक रहेको उनको बुझाई छ । कुनै अभिकर्ताले किन डिस्काउण्ट दिएर बीमा गराउँदैछ ? किन यहि कम्पनीको पोलिसि खरिद गर्ने जस्ता प्रश्नको उत्तर खोज्न सकेमा बीमितले बीमाबाट लाभ लिन सक्ने उनी बताउँछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS