IME Life

नेपाल रेमिटको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा लि को प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त भएका छन् । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव रहेको छ ।

खनाललाई एक समारोहका बिच नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का अध्यक्ष रितश मित्तलले स्वागत गरेका थिए । खनालले आफ्नो पदभार ग्रहण गरिसकेका छन् । विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले डिजिटल रेमिट्यान्स्मा अभैm जोड दिदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स् भित्राउदै आएको छ ।

Prabhu
Crest

आफ्नो पदभार ग्रहण गर्दै खनालले भने, ‘ अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्नेछौँ । रेमिट्यान्स् समेत डिजिटल रुपमा भित्राइ मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने हाम्रो लक्ष्य हो’ ।

कम्पनिमा अनुभबी कार्यकारी अधिकृत सिए सागर खनालको आगमन पछी कम्पनिका सेवा सुबिधाका साथै यस कम्पनीको लोकप्रियतालाई आम उपभोक्ता सम्म पुर्याई आगामी दिनमा अझै उचाइमा पुग्ने कुरा नेपाल रेमिटले विश्वास लिएको छ ।

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ । यस रेमिटले हाल देश भर रहेका १०,००० भन्दा बढि एजेन्ट नेटवर्कबाटसेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS