IME Life

दुई हाइड्रोपावर कम्पनीले आजदेखि आइपीओ विक्री गर्दै, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले आजबाट आइपीओ निष्काशन गर्दै छन् । आजबाट बाराही हाइड्रोपावर कम्पनी र सुपरमाई हाइड्रोपावर कम्पनीले आइपीओ विक्री गर्दैछन् ।

बाराही हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि आइपिओ निष्काशन गरे लगत्तै सर्वसाधारणका लागि पनि जारी गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्दा १ लाख ४६ हजार कित्ता शेयर बाँडफाँट भएको थियो । बाँकी रहेको १ लाख ४ हजार कित्ता शेयर सहित कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । सोमध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

उक्त आइपीओ निष्काशन बन्द छिटोमा मंसिर २६ गते हुनेछ भने ढिलोमा पुस ६ गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपबाट पनि सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

त्यस्तै, सुपरमाई हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी ५० करोड को १० प्रतिशतले हुन आउने ५ करोड बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिने शेयरमध्ये ४० प्रतिशत अर्थात् २ लाख कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरूमा र बाँकी ६० प्रतिशत अर्थात् ३ लाख कित्ता सो क्षेत्र बाहेकका इलामको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूमा बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीले छिटोमा पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरिएको शेयरमा छिटो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलोमा पुस २१ गतेसम्म विक्रीमा रहनेछ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारमा गएका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले ७ दशमलव ८ मेगाबाट क्षमताको सुपरमाई जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी २०७५ कात्तिक ११ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS