IME Life

हालसम्म १५ जीवन बीमा कम्पनीहरुले बीमितहरुबाट उठाए ४ खर्ब ३६ अर्ब,कुनले कति गरे ब्यापार ?(सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा बीमा व्यवसाय शुरु भएदेखि हालसम्म जीवन बीमा कम्पनीहरुले ४ खर्बमाथिको रकम बीमितहरुबाट उठाएका छन् । आर्थिक वर्ष २०७९ को असोज महिनासम्ममा नेपालमा रहेका बीमा कम्पनीहरुले ४ खर्ब ३६ अर्ब ५५ करोड ३५ लाख ६२ हजार रुपैयाँ रकम बीमितहरुबाट संकलन गरेका हुन् । गत आर्थिक वर्ष २०७८ को असोज महिनासम्ममा यी कम्पनीहरुले ३ खर्ब ४० अर्ब १ करोड ८४ लाख ४ हजार रुपैयाँ रकम बीमितहरुबाट संकलन गरेका थिए । गत वर्षको तुलनामा यस अवधिसम्ममा यी कम्पनीहरुले बीमितहरुबाट २८ प्रतिशत रकम बढी संकलन गर्न सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष २०७९ ८० को असोज महिनासम्ममा आइपुग्दा कम्पनीहरुले राम्रो व्यापार गरेका छन् । पछिल्लो समय बीमाको पहुँच बृद्धि भएसँगै बीमा व्यवसायको आकार पनि फराकिलो बन्दै गएको छ । देशको कुना कन्दरासम्म बीमाको शिक्षा पुग्नु नै बीमा व्यवसाय विस्तार हुनु हो ।

Prabhu
Crest

कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरणमा ४ कम्पनीहरु नेशनल लाइफ, सूर्या लाइफ, राष्ट्रिय बीमा संस्थान र एलआइसी नेपालले हालसम्मको तथ्याङक समावेश गरेका छैनन् ।

कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण हेर्दा हालसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय भित्राएको छ । कम्पनीले हालसम्ममा १ खर्ब ९७ अर्ब १८ करोड ७१ लाख ३५ हजार रुपैयाँ कुल ब्यवसाय गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको व्यवसाय २२ प्रतिशतले बृद्धि भएको छ ।दोस्रोमा मेट लाइफ रहेको छ । कम्पनीले हालसम्ममा ४५ अर्ब १८ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको कुल ब्यवसाय १३ प्रतिशतले बढी हो । तेस्रोमा एशियन लाइफ रहेको छ । कम्पनीले गत वर्षको तुलनामा कुल व्यापार २३ प्रतिशतले बृद्धि गरेको छ । हालसम्म कम्पनीले ३८ अर्ब २३ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्राइम लाइफले २८ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको कुल व्यापार २० प्रतिशतले बढी हो ।

यूनियन लाइफले हालसम्म २५ अर्ब २७ करोड ८५ लाख ५७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ४६ प्रतिशतले बढी हो । गुराँस लाइफले १७ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २० प्रतिशतले बढी हो । सिटिजन लाइफले १३ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ६७ प्रतिशतले बढी हो ।

त्यस्तै, सानिमा लाइफले हालसम्म ११ अर्ब २८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११० प्रतिशतले धेरै हो । रिलायबल नेपाल लाइफले हालसम्म ११ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ५३ प्रतिशतले धेरै हो । ज्योति लाइफले हालसम्म ११ अर्ब १० करोड कुल ब्यापार गरेको छ । जुन गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले धेरै हो । आइएमई लाइफले हालसम्म १० अर्ब ५ करोड कुल ब्यवसाय गरेको छ । जुन गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले धेरै हो ।

त्यसैगरी हालसम्मरिलायन्स लाइफले ८ अर्ब ७९ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ५६ प्रतिशतले धेरै हो । सन नेपाल लाइफले ७ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ६० प्रतिशतले बढी हो । प्रभु लाइफले ६ अर्ब १७ करोड कुल ब्यापार गरेको छ । जुन गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ६२ प्रतिशतले धेरै हो । महालक्ष्मी लाइफले ४ अर्ब २४ करोड रुपैयाँ कुल बीमा शूल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ६६ प्रतिशतले धेरै हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS