Prabhu Life Ad Final

निम्न वर्गका लागि स्थापित लघु बीमाको नाम अंग्रेजीमा, पहिचानको मुद्दा लड्नेबाटै अनुमोदन !

IME

काठमाडौं । निम्न आय तथा विपन्न वर्गलाई लक्षित गर्दै स्थापना गर्न थालिएका ७ कम्पनी मध्ये ६ वटाको नाम अन्तर्राष्ट्रिय भाषाका छन् । नेपाली भाषा र राष्ट्रवादी चिन्तन बोक्ने कम्युनिष्ट पार्टीका अर्थमन्त्रीले नै अंग्रेजी नामका लघु बीमा कम्पनीलाई लाइसेन्स दिएका हुन् । माओवादी पार्टीले लामो समय राष्ट्रवादको नारा बोकेर युद्द गर्यो । तर अहिले आफै सरकारमा हुँदा भने आफ्नो मौलिक पहिचानलाई वेवास्था गर्दै अंग्रेजी नामका पब्लिक लिमिटेड कम्पनी खोल्न अनुमति दिइरहेको छ ।

नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिएको लघु जीवन बीमा व्यवसाय तर्फ तीन वटै कम्पनी अंग्रेजी नामका छन् । जहाँ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको नाम अंग्रेजीबाट रहेको छ ।

NLIC

त्यस्तै निर्जीवन तर्फ लाइसेन्स पाएका चार मध्ये तीन वटाको अंग्रेजी नाम छ । निर्जीवन तर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो र प्रोटेक्टिभ माइक्रो रहेका छन् । जसमा एउटा मात्र नेपाली नाम ‘नेपाल माइक्रोइन्स्योरेन्स’ रहेको छ ।

यसरी नेपाली लगानीकर्ताकै अंग्रेजी नाममा मोह बढ्नुको प्रमुख कारण आफुलाई अन्तर्राष्ट्रिय स्तर देखाउन खोज्नु भएको विश्लेषकहरु बताउछन् । अंग्रेजी नाम राख्दा स्ट्याण्डर्ड सुनिने नाममा नेपालमा स्थापित प्राय बीमा कम्पनीको नाम अंग्रेजी नै छ । विदेशी बीमा कम्पनीको शाखा हुँदा अंग्रेजी नाम हुनु फरक कुरा हो तर नेपालीले त्यसमा पनि निम्न वर्गका जनतालाई लक्षित गरेर कम्पनी खोल्दा पनि अंग्रेजी नै राख्नु भनेको आफ्नो पहिचान गुमाउनु जस्तै हो ।

बीमा कम्पनीको सम्बन्ध नेपालमा मात्रै हुँदैन । पुनर्बीमाको माध्यम मार्फत विदेशी बीमा कम्पनीहरु सँग पनि जोडिएको हुन्छ । त्यसैले पनि नेपालीहरुले अंग्रेजी नामलाई बढि रुचाइरहेका हुन्छन् । तर नेपाली पन दिने नेपालको मौलिक पहिचान दिने खालका नाम राख्न कसैले पनि मानिरहेका छैनन् ।

बीमा प्राधिकरण जस्तो नियामक निकायले पनि कम्पनीको नाम राख्दा यस्ता कुरामा निर्देशन दिन सक्नु पर्छ । यदि प्राधिकरणले सकेसम्म विदेशी नाम राख्न नपाइने भन्ने हो भने यसरी सबैको अंग्रेजी नाममा मोह बढ्दैन थियो । हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरु मध्ये ९ वटाको नाम अंग्रेजीबाट रहेको छ । जसमा दुई विदेशी बीमा कम्पनीको शाखा तथा सहायक कम्पनी हुन् । त्यस्तै निर्जीवन तर्फ पनि ७/८ वटा छन् ।

नेपालमा प्राय लगानीकर्ताले कम्पनी स्थापना गर्ने सोच बनाउने वित्तीकै अंग्रेजीबाट नाम सोच्न थाल्छन् । नामले पहिचान दिने भएकाले यसमा ध्यान जानु स्वभाविक पनि हो । तर तिनै अंग्रेजी नामलाई नेपालीकरण गर्ने हो भने त्यसले मौलिक पहिचान दिन सक्छ । अर्को तर्फ हाम्रो जस्तो बहु साँस्कृतिक, बहुधार्मीक र बहु पहिचान भएको मुलुकमा नाम राख्न कुनै गाह्रो छैन । नेपाली नाम राख्दैमा कम्पनी नचल्ने भन्ने होइन । कम्पनी चल्नका लागि त्यसको सेवा सुविधा र मार्केटिङ रणनीति पनि राम्रोहुनु पर्छ ।

अहिले लाइसेन्स पाएका लघु बीमा कम्पनी ग्रामिण क्षेत्रमै बढि केन्द्रित हुन्छन् । उनिहरुले गाउँ गाउँमा गएर लघु बीमा गराउनु पर्ने हुन्छ । चाहे त्यो गाउँ गाउँमा रहेका क्लब, आम समुह, युवा समुह, एनजिओ, सहकारी मार्फत नै किन नहोस् । यदि उनिहरुले नेपालको मौलिकता झल्काउने गरी नाम राख्ने हो भने सर्वसाधारण नेपालीहरुले पनि सजिलै बुझ्ने र थाहा पाउने थिए । जवकी अहिले लाइसेन्स पाएका कम्पनीहरुको नाम अंग्रेजीबाटै एकदमै गाह्रो छ ।

प्राधिकरणले लाइसेन्स दिएका कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम दर्ता गराउदै छन् । यदि प्राधिकरणले मौलिक नाम राख्न निर्देशन दिने हो भने अझै पनि केहि विग्रिएको छैन । कम्पनीहरुले मौलिक पहिचान दिने गरि नेपालीमा नाम राख्नु पर्नेछ भनिदिएको भए अहिलेको अवस्थामा अप्ठ्यारो लाग्ने अंग्रेजी नामका कम्पनीले लाइसेन्स नै पाउने थिएनन् । उनिहरुले सुरुदेखिनै नाम नाम राख्नमा केन्द्रित गर्ने थिए । अहिलेसम्म कसैले पनि व्यवसाय सञ्चालन नगरिसकेको हुँदा उनिहरुले बजारमा पहिचान बनाउन पाएका छैनन् । त्यसैले अझै पनि नाम परिवर्तन गर्ने उपयुक्त समय बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

60%

खुसी

20%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x